धनगढी डुबानमा
2021/08/13, 1:32
 
gg

बिहीबारयताको वर्षाले धनगढी उपमहानगरका अधिकांश बस्ती डुबानमा परेका छन् । वडा नम्बर ३ का विशालनगर, मिलनचोक, भन्सार बस्तीमा पानी पसेको छ । 

मुख्य बजार क्षेत्र एलन चोकदेखि पार्क मोडमा पानी जमेर आउजाउसमेत कठनाइ भएको छ । त्यस्तै वडा नम्बर ४ को बसपार्क, वडा नम्बर ५ को हसनपुर, शिवनगर, वडा नम्बर २ स्थित भन्सार रोड पूर्वको आवासीय क्षेत्र जलमग्न भएको छ । वडा नम्बर ३ को पानीले निकास नपाउँदा २ का बासिन्दा डुबानमा परेका हुन् ।

2

कतिपय ठाउँमा सडक हिलाम्य भएर जाउजाउसमेत रोकिएको छ । प्राकृतिक रूपमा बग्ने खोलानाला अतिक्रमण हुनुका साथै ढलनालीको राम्रो व्यवस्था नहुँदा धनगढी डुबानमा पर्ने गरेको स्थानीयको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढीका दर्जनौं घरमा पानी पसेको बताए । ‘यकिन तथ्यांक अहिल्यै आउन सकेको छैन,’ उनले भने, ‘वर्षा नरोकिए उद्धार गर्नुपर्ने स्थिति सिर्जना हुन सक्छ ।’

3

धनगढी उपमहानगरपालिका–१४ मा रहको कल्भर्टसमेत भत्केको छ । यसबाट फूलबारी क्षेत्रका बासिन्दालाई आउजाउमा समस्या परेको बताइएको छ । मोहना नदीमा पानीको सहत बढ्दै गएपछि धनगढी–२ र ३ का नदी किनारका बस्ती जोखिममा परेका छन् ।

4