
नगढी उपमहानगरपालिकासहित आसपासको क्षेत्रमा आज विहानैदेखि विद्युत सेवा अवरुद्ध भएको छ। धनगढी वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौरधीले विभिन्न ठाउँमा रुख ढलेपछि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए।

‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिक र अन्य दुई ठाउँमा पनि रुख ढलेको छ,’चौधरीले भने, ‘वर्षा रोकिएपछि मात्रै काम गर्न पाइने हो। त्यसैले दिनभरी नै विद्युत सेवा अवरुद्ध रहने सम्भावना छ।’ उनका अनुसार धनगढीका लगभग सबै फिडरमा अहिले विद्युत सेवा अवरुद्ध गरिएको छ।

2025/02/14, 2:35
2025/02/14, 2:28
2025/02/14, 2:25
2025/02/14, 2:23
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/20, 12:42
2020/08/28, 7:33
2021/08/13, 2:15
2022/05/26, 2:12
2023/03/22, 11:48