सुदूरपश्चिममा कोरोना आशंकामा भर्ना गरिएका ३३४ जना डिस्चार्ज, १२१ आईसोलेसनमा
2020/06/12, 8:04
 
korona

सुदूरपश्चिममा कोरोना आशंकामा भर्ना भएका तीन सय ३४ जना डिस्चार्ज भएका छन । प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिलेसम्म तीन सय ३४ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालबाट सबैभन्दा बढी एक सय २१ जनालाई डिस्चार्ज गरिएको छ ।

यस्तै बयालपाटा अस्पतालबाट ४४, डडेल्धुरा अस्पतालबाट ३०, डोटी जिल्ला अस्पताल र महाकाली अस्पतालबाट २७÷२७ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला अस्पताल अछामबाट १९ र जिल्ला अस्पताल बझाङबाट १८ जना डिस्चार्ज भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका टीकापुर अस्पतालबाट १४, जिल्ला अस्पताल बैतडीबाट १० जना, जिल्ला अस्पताल बाजुराबाट ८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५, ५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । निर्देशनालयका अनुसार अहिले प्रदेशभरी २८ जना शंकास्पद र ९३ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको छ