सेती प्रयोगशालामा कोरोना परीक्षण शून्य, १० जना डिस्चार्ज
2021/08/15, 1:09
 
corona

आइतबार सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस परीक्षण शून्य पाइएको छ। अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताएका हुन्।

पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना नयाँ संक्रमित भर्ना भएका छन्। भने, १० जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा २१  जना संक्रमित उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।