सुदुरपश्चिमका कोरोना संक्रमित र निको हुने दर पुरुषकै उच्च, मृत्यु हुने दरमा भने महिला अगाडी
2020/06/12, 9:15
 
korona

सुदुरपश्चिमका कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको छ । त्यसमा एक सय ६९ जना पुरुष रहेका छन भने २२ जना महिला रहेका छन् । कुल संक्रमितमध्ये ८८ प्रतिशत पुरुष संक्रमित रहेका छन । १२ प्रतिशत मात्रै महिला संक्रमित रहेका छन् ।

सुदुरपश्चिममा कोरोना निको हुने दर पनि पुरुषकै उच्च रहेको छ । हालसम्म १३ जनाले कोरोना जितेकोमा ११ जना पुरुष दुई जना महिला रहेका छन् । कैलालीका दुई जना महिला निको भएका छन भने कैलालीका सात पुरुष, कञ्चनपुरका एक पुरुष डडेल्धुरा अछाम र दार्चुलाका एक एक पुरुष संक्रमितले कोरोना जिसिकेका छन् । यो हिसावले कुल संक्रमितमा पुरुषको कोरोना निको हुने ६ प्रतिशत र पुरुष संक्रमितमा ७ मात्रै प्रतिशत हो ।

महिलाहरुमा निको हुने दर १ प्रतिशत र महिला संक्रमितमा ९ प्रतिशत छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६७ जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा १०,  बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ७३, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।