सेती प्रयोगशालामा ३० जनामा कोरोना पुष्टि
2021/08/18, 12:46
 
corona

बुधबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३० जनामा कोरोना  पुष्टि भएको  छ । उक्त प्रयोगशालामा १६४ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

यस्तै १३४ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना कोरोनामुक्त भएका छन् । हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १ जना भेन्टिलेटर, ४ जनाको आसीयुमा उपचार भइरहेको छ ।