अलपत्र नेपालीहरुलाई सीमामै खाना पानी खुवाउँदै युवा जमात
2020/06/12, 9:18
 
sima

प्रदीप पाठक- लामो समयको लकडाउनका कारण लाखौं नेपालीहरु काम विहीन भएर घर फर्किरहेका छन् । भारतमा त पाउने दुःखको त कुरै छोडौं आफ्नै भुमीमा पाईला टेक्दा पनि भोक र प्यासले तडपिनु पर्ने अवस्था आयो । सीममा उद्धारको काम थाले पनि खाना र पानी नहुँदा त्रिनगर नाका पुगे ।

2

नेपालीहरुले आप्mनो देश, आफ्नो गाउँघार, आफ्ना दाजुभाई भएको अनुभुती गर्नै पाएनन् । तर धनगढीका केही युवाहरुले सीममा पुगका नेपालीहरुको दुःख देख्न सकेनन् । सहज पनि मुस्किल भयो । के गर्ने कसरी गर्ने अन्यौलात र दुविधाकै बीचमा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्तले तिमीहरु खाना खुवाउ खर्च हामी गर्छौ भनेपछि युवाहरु हौसिए । अनी सिधैं दौडिए स्ीमा नाकातिर ।

b

केही दिन सीमा नाकाबाट नेपालीहरुलाई ल्याएर छेउकै नवदुर्गा माविका राख्ने र अनि सम्बन्धी तहमा पुराउने गरिथ्यो । युवाहरुले त्यही विद्यालयको प्रांगणबाट खाना खुवाउन सुरु गरे । जेठ २ र ३ गते भारतबाट नेपालीहरु आउने क्रम सुरु भईसकेको थियो । कही दिन आउने क्रम रोकियो पनि । फेरि जेठ ७ गतेदेखि थामी नसक्नु भिड भयो । जेठ ७ गते साँझ नवदुर्गा मावि पुगेकाहरु दिनभर भोक भोकै थिए । राती पनि खाना पाउने अवस्थामा थिएनन् ।

2

सोही राती कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, चौलानी डिभार्टमेन्टल स्टोरका सञ्चालक मानसिंह सावद लगायतले साँझ साढे ३ सय जनाका लागि खाना पकाईयो । तर त्यसले पुगेन रातीको समयमा डिपार्टमेन्टर स्टोर खोलेर चाउचाउ चिउरा विस्कुट के छ त्यही लगेर खुवाए । आफ्नै देशमा पुग्दा राहतको महसुस गरेकाहरुले विहान पनि खाना खुवाउन मुस्किल भईरहेको थियो । व्यवसायी तथा समाजसेवी श्याम तायलको नेतृत्वमा जेठ ८ गतेदेखि खानापानी अभियान सुरु गरिएकोमा एक समुहले थालेको अभियानले सवै नेपालीहरुलाई खाना पुराउन निकै मुस्किल भईरहेको थियो ।

b

त्यसको दोस्रो दिनदेखि युवाहरु पनि खाना खुवाउन अग्रसर भएर लागे । जुन काम आज पनि निरन्तर चलिरहेको छ कैलालीको त्रिनगर नाकामा । कसैले ग्यास दियो । कसैले चामल दियो । कसैले दाल दियो । कसैले भाडाकुडा दिए । कसैले पानी दिए । निस्वार्थ रुपमा खाना खुवाउने अभियान सुरु भयो । जेठ ९ गतेदेखि आजसम्म सीमा नाकामा निरन्तर चलिरहेको छ, सुरुकै प्रक्रिया अनुसार । 

b

लकडाउनले समस्यामा परेका गर्भवती सुत्केरीहरुलाई पोािषलो खाना खुवाउने काम सक्न नपाउँदै सीमामा युवाहरुको जमात खटिएको छ । जसको नेतृत्व गरिरहेका छन् नेवि संघ क्षेत्र नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले । उनलाई यसमा उनका अन्य चार जना साथीभाईले पनि सहयोग गरिरहेका छन्,  खाना खुवाउनका लागि सहयोग गरिरहेका व्यक्तीहरु, संघ संस्था र विभिन्न निकायहरुले ।

2

खाना खुवाउन थालेको दिनदेखि आजसम्म उनीहरुलाई विभिन्न निकायले सहयोग गरेका छन तर सरकारी निकायले प्रोत्सहान दिन सकेत सकेको छैन् । वरु उल्टै आलोचना गरिरहेको छ । त्यसको कुनै प्रवाह छैन शाही र उनको टीमलाई । पैसाको मुख कालो हुन्छ भन्छन् सवैले । पैसाका कारण आरोप पनि लाग्न सक्छ की केही कमाउनलाई काम गरेका होलान् भनेर । यो कुरामा पनि गजेन्द्र शाही सहित उनका साथीभाईहरु देवेन्द्र जोशी, ईन्द्र विनाडी, दिनेश शाह र रचित शाह सचेत छन् । उनीहरुले कसैसँग आजसम्म एक रुपैया पनि सहयोग लिएका छन् । उनीहरुले सुरुमै वनाएको निति छ की हामी पैसा होईन आवश्यक परेको सामान मात्रै लिन्छौं । खल्तीको पैसा खर्च गर्छौ तर कसैसँग पनि नगद सहयोग लिदैनौं ।  त्यही कुरामा अडिग भएर सीमामा स्वतन्त्र रुपमा तैनाथ भईरहेका छन पाँच जना युवा सिपाहीहरु । यी सिपाईहरुको काम सीमाको रक्षा गर्नु होईन् । यी सिपाहीहरुल युद्ध लड्नु पर्दैन । यी सीपाहीसँग हात हतियार हुदैन. । वस यी सीपाहीसँग परोकारी मन मात्रै छ । सीमामा पुगेका आफ्ना देशका र प्रदेशका दाजुभाई दिदी विहीनीहरुको घाउमा मलम लगाउनु हो ।

भोकाएकाहरुको भोक मेटाउनु, तिर्खाएकाहरुको प्यास मेटाउनु हो । यति मात्रै होईन उनीहरुले निशुल्क टेलिफोन सेवा दिएर समेत नेपालीहरुलाई उनीहरुका आफन्त नातागोतासँग सम्पर्क पनि जोडाउने काम गरिरहेका छन् । आउनुहोस ! आउनुहोस ! हाम्रो यहाँ खानाको व्यवस्था गरिएको छ । घर परिवारसंग सम्पर्क गर्नका लागि टेलिफोनको व्यवस्था गरिएको छ’ माइकमा रोयल कोलाबोरेटिभ्सका संयोजक गजेन्द्र शाही र सदस्य देवेन्द्र जोशीले प्रायः सधैं आवाज लगाईरहेको देखिन्छ । शाही र जोशीले सहयोगी निकायसँग समन्वय गरेर सामानको व्यवस्थापन गर्ने काम पनि गर्दै आएका छन् । ईन्द्र विनाडी, दिनेश शाह र रचित शाहलाई नेपालीहरुलाई खाना दिन भ्याई नभ्याई भईरहन्छ ।

b

गजेन्द्र र देवेन्द्रसंगै सो समुहका दिनेश शाह, इन्द्र विनाडी, रचित शाह सेवामा खटिएका छन । उनीहरुको सुरुमा दिन भने केही खल्लो महसुस गर्नु पर्यो । खाना खुवाउने काममा लागौं भनेर धेरै जनालाई भने तर कोही पनि तयार भएनन् । तर तीन  आफै हामी लाग्छौं यो काममा भनेर आएपछि खाना खुवाउने काम गर्नलाई सहज भएको उनीहरु बताउँछन् । देवेन्द्रले भने– शुरुमा हामीलाई सहयोग गर्न पनि कोही आएका थिएनन । इन्द्र, दिनेश र रचितको साथ र सहयोगले थप मद्दत पुग्यो । उनीहरू अहिले भारतबाट आएका सुदूरपश्चिमबासीलाई खाना खुवाउँदा एकदमै खुशी देखिन्छन । गजेन्द्रले भने– हामीले चर्चा पाउन यो काम गरेका होइनौं ।

b

b

हामी यस प्रदेशवासीका हरेक समस्यामा सहयोग गर्न अघि बढ्छौं ।’ भारतबाट फर्किएका व्यक्तिहरूका लागि रोयल कोलाबोरेटिभ्स नामक समुहले निःशूल्क खाना तथा पानी खुवाउन जेठ ९ गतेदेखि कञ्चनपुरको डोकेबजारमा क्याम्प स्थापना गरेको छ । डोकबजारमा डोरीले सीमाना बनाएर खाना तथा खानेपानी वितरण भइरहेको छ । सो समुहले सामाजिक दूरी कायम गर्दै उनीहरूका लागि खाना र पानीको व्यवस्था गरिएको जनाएको छ । समुहका संयोजक गजेन्द्रले भने– भारतबाट फर्केका सुदूरपश्चिमबासीहरू भोकै बस्न बाध्य भएको सुनेपछि हामीले यो सानो प्रयास गरेका छौं । उनीहरूले २१ दिनदेखि शुरु गरेको खाना तथा पानी वितरण कार्यमा विभिन्न संघ÷संस्था र व्यक्तीबाट सहयोग प्राप्त भइरहेको उनले बताए । उनले शुरुमा दुई÷तीन जनाको सहयोगमा शुरु गरेको क्याम्पमा अहिले सहयोगी हातहरू थपिदै गएको बताए ।

2

2

b

समुहका सदस्य देवेन्द्र जोशीले अहिलेसम्म ६० हजार प्लेट खाना वितरण गरिसकेको जानकारी दिए । उनले भने– हामीले प्लेटको हिसाव राख्छौं । त्यसका आधारमा ६० हजार प्लेट गएको देखिन्छ । उनले विभिन्न संघसंस्था तथा व्यक्तिबाट नगद नभई रासन मात्र सहयोग लिने गरेको बताए । उनका अनुसार अहिलेसम्म सिएनएन हिरो २०१५ न्यागी डोयन, रुडुकका संस्थापक आरजु राणा देउवा, निसर्ग अस्पताल र अस्पतालका संचालक तिर्थ पन्त, नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक नितेश कनौडियाको टीम र कलेज, टेक बोगटी, अनिल भुजनिया, दिपेन्द्र भट्ट, डाक्टर प्रदीप मिश्र, तरकारी व्यवसायी संघका अध्यक्ष खगेन्द्र जोशी लगायतले सहयोग गरेका छन् ।

b

कोलाबोरेटिभ्स समुहले कोरोना महामारीकै समयमा रक्तदान, विद्यार्थीहरूलाई राहत, सुत्केरी तथा गर्भवती महिलाका लागि खाद्यान्न सहयोग लगायतका गतिविधि गरेको छ । १० दिनसम्म सञ्चालन गरिएको रक्तदानमा एक सय ५४ बढीले रक्तदान गरेका थिए । उनीहरूले एक सय ५७ सुत्केरी तथा गर्भवती महिलालाई चामल, दाल, अण्डा, नुन, तेल, आलु वितरण गरेका थिए भने चार सय विद्यार्थीहरूलाई खाद्यान्न राहत वितरण गरेका थिए ।

2

घर छोडेर सेल्फ आईसोलेसनमा
सीममा दिनभरी र साँझसम्म अधिकांश समय उभिएरै काम गर्दा उनीहरु थकानले लखतरान हुने गरेका छन् ।  थकित शरिरलाई घर पुगेर मस्तले आराम गर्न नपाएको उनीहरुले धेरै दिन भईसक्यो । विहान अवेरसम्म सुत्न नपाएको र साँझ रातिसम्म सीमामै खटिएर काम गर्दा उनीहरुको दैनिकी फेरिएको छ । सुरुकै दिनदेखि हजारौको संख्यामा नेपालीहरु दैनिक रुपमा नेपाल भित्रिन थाले । उनीहरु भित्रिदै गर्दा कोरोना महामारीमा संक्रमण सर्ने जोखिम त छदैथियो, त्यो भन्दा बढ्दा दर्दनाक उनीहरुले भोग्नु परेको भोकप्यासको कहर कारुणिक थियो ।

2

बालादेखि वृद्धसम्म हजारौंको संख्यामा सीमा क्षेत्रमा पुगेका नेपाली दाजुभाईहरुको चित्कार देखेर पाँच जना युवाहरु निरन्त सीमामा खटिन थालेपछि  उनीहरुको सवैको घरको ढोका बन्द छ । उनीहरुले आफ्नो घर नगएको महिना दिन पुग्न लाग्यो ।  घरका सदस्यहरु अनुहार देख्न नपाएको पनि त्यति नै समय भयो । तर आमा वुवा र घरका सदस्यहरुको आवाज मात्रै मोवाईलबाट सुन्ने गरेका छन् । उनीहरुलाई यो अभियान नसिकदासम्म घर जाने अवस्था छैन । त्यै पनि उनीहरु कसैलाई पनि चित्त दुखाई र मनमा कोरोना भाइरसको डर छैन । सवैभन्दा ठुलो आत्मसन्तुष्टी भईरहेको छ । त्यसैमा उनीहरु खुशी छन् । वस उनीहरुको एउटै चहाना छ, सीमामा पुगेकाहरु कोही नांगा भोका नहुन्, खान नपाएर नतड्पिउन् ।