निसर्ग हस्पिटलद्धारा फुटेको अनुहारको सफल सल्यक्रिया
2020/06/13, 6:52
 
operation

निसर्ग हस्पिटल धनगढीमा फुटेको अनुहारको सफल सल्यक्रिया भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ शान्तिपुरकी ३६ वर्षीया गोमती पार्कीको लिफ्टबाट खसेर फुटेको अनुहारको निसर्गमा सफल शल्यक्रिया गरिएको हो । 

नाक र अनुहारका हट्टि टुक्रा टुक्रा भएर भाचिएको र नाक मुखको आकार बिग्रिएको अवस्थामा अस्पताल पुगेकी पार्कीको सफल शल्यक्रिया भएको हो । वरिष्ठ मुख, अनुहार तथा बङगारा विशेषज्ञ डाक्टर दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डाक्टर हेमन्त ओझा लगायतको टिमले उपचार ती महिलाको उपचार गरेका हुन ।

चिकित्सकहरुका अनुसार उनको बिग्रेको नाक मुखको आकार मिलाईएको भने स साना प्लेट राखेर टुक्रेका नाक र मुखका हड्डीलाई मिलाएको छ । म्याग्जिलो फेसियलको स्पेसल टिमले धनगढीमै पहिलो पटक अनुहारको यति ठूलो सल्यक्रिया गरेको अस्पताल प्रशासनले दावी गरेको छ ।

धनगढीका अन्य अस्पतालले अप्रेशन गर्न नसक्ने भन्दै निसर्गमा जान सुझाएको उनका जेठाजु पार्कीले बताए । कोरोना कहरका बीचमा पनि अस्पतालले जटिल खालका अप्रेसन गरिरहेको छ । गोमती पार्की निकै कमजोर आर्थिक अवस्था भएकी महिला हुन । उनका श्रीमान पनि छैनन । दैनिक ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने ती महिलाको सहुलियत दरमा उपचार गरिएको अस्पतालले जनाएको छ ।

जेठ २२ गते गेटा आँखा अस्पतालको चौथो तलामाथिबाट लिफ्टमा खसेर उनको अनुहारमा गम्भीर चोट लागेको थियो ।