धनगढीले कार्तिक मसान्तसम्म सबैलाई खोप दिने, अनलाईन दर्ता अनिवार्य
2021/09/14, 11:25
 
dd

आफ्ना नागरिकहरुलाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने अभियान अन्तर्गत धनगढी उपमहानगरपालिकाले खोप लाउन अनलाइन दर्ता अनिवार्य गरेको छ ।

उपमहानगरपालिकाको सोमबार बसेको बैठकले धनगढी उपमहानगरपालिका भित्रका करिब डेडलाख मध्ये खोप लाउने उमेर समुहका एकलाख जनसंख्यालाई कार्तिक मसान्तसम्ममा पुर्ण खोप लाउने नगर प्रमुख नृप बहादुर वडले बताए ।

उपमहानगरपालिकाका १९ वटै वडाका खोप लाउने उमेर समुहलाई अनलाइन दर्ता गर्न मेयर वडले आग्रह गरे । उनले अनलाइन दर्ता नगरे खोप लाउन नपाउने भन्दै दर्ता गर्न नसक्नेका लागि समेत वडा कार्यालयमा सम्पर्क राखेर दर्ता गर्न आग्रह गरे ।

उपमहानगरपालिकाले vaccine.mohp.gov.np मा गएर त्यहाँ दिएको निर्देशन अनुसार अनलाइन दर्ता गर्न सकिने जनाएको छ ।