धनगढीको बेली स्वास्थ्य चौकीमा अक्सिजन प्लान्ट सञ्चालनमा
2021/09/30, 2:09
 
dd

चौधरी फाउन्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा स्थापना भएको अक्सिजन प्लान्टले बुधबारबाट अक्सिजन उत्पादन शुरु गरेको छ ।

धनगढी उपमहानगरपालिका ७ बेली स्वास्थ्य चौकीमा स्थापना भएको अक्सिजन प्लान्टले अक्सिजन उत्पादन गर्न शुरु गरेको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले बताए । उनले अहिले जडान गरिएको प्लान्टले दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने बताए ।

1

कोभिड-१९ दोश्रो चरणका बेला उपचारका लागि अक्सिजनको हाहाकार भएपछि उपमहानगरपालिकाले डाक्टर आरजु राणा देउवासंगको सहकार्यमा चौधरी फाउन्डेसनले उपमहानगरपालिकाको बेलीमा अक्सिजन प्लान्ट स्थापना गरेको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।

2

धनगढी उपमहानगरपालिका र चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको बताउदै मेयर वडले अक्सिजन प्लान्ट स्थापना भएपछि नगरबासीलाई उपचारमा सहज हुने बताए । उनले प्लान्टलागि मुख्य भुमिका निभाउनु हुने डाक्टर आरजु राणा देउवालाई धन्यवाद दिए ।