शारथी अस्पतालमा निशुल्क ओपडी सेवा
2021/10/02, 12:05
 
dd

 
शारथी अस्पतालले आजदेखि निशुल्क ओपडी सेवा  सुरु गरेको छ । कैलालीको धनगढी स्थित अस्पतालले दशैँको अवसरमा असोज  ३० गतेसम्म ओपडी सेवा निशुल्क गरेको हो ।

पाँच सय  डाक्टरको  ओपीडी शुल्क लिदै आएको अस्पतालले  दशैको अवसरमा दिईने निशुल्क ओपीडी सेवाले विरामीलाई  राहत पुग्ने अस्पतालका  प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले जानकारी दिए । 

विगत ३ बर्षदेखि  संचालनमा रहेको अस्पताल  “सस्तो सारथी हाम्रो सारथी“ भन्ने नाराकासाथ सर्वसुलभ सेवा दिदै आएको अस्पतालको दाबी छ । 


यस्तै  दमका बिरामीको पिएफटी निःशुल्क जाँच गर्ने  र मेसिन समेत निशुल्क उपलब्ध गराउने  अस्पतालले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । अस्पतालले बिशेषज्ञ डाक्टर सहित बिभिन्नि सेवा प्रदान गर्दै आएको छ ।

1