सेती प्रयोगशालामा शनिबार २५ जनामा कोरोना पुष्टि
2021/10/02, 3:41
 
aa

सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा शनिबार २५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

सो अवधिमा अस्पतालमा २ जना भर्ना भएका छन् । भने २ जना डिस्चार्ज भएका छन् ।  हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ४ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।