
सनराईज बैंक धनगढीले शनिवार आयोजना गरेको कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । बैंकको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा बैंकमा कार्यरत कर्मचारीसंगै बिभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा सुदूरपश्चिममा सबैभन्दा बढि (९५ पटक) रक्तदान गर्ने पत्रकार दीपक उपाध्यायलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सनराईज बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुरेन्द्र शाही र शाखा प्रमुख धर्मराज बिष्टले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान तथा दैवी प्रकोप एवं विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएको शाखा प्रबन्धक बिष्टले बताए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02