सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
2021/10/12, 6:56
 
corona

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–२ का ४० वर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा थप मंगलवार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल अस्पतालमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा  ३ जना बिरामी भर्ना भएका छन्।