राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीद्धारा कंचनपुरका खेलाडीहरुलाई राहत वितरण
2020/06/16, 8:02
 
kheldi sangh

 

राष्ट्रीय तथा अन्तराष्ट्रीय खेलाडी संघ कैलालीले आज कंचनपुरका खेलाडीहरुलाई राहत वितरण गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा रहेका र आर्थिक अवस्था कमजोर भएका खेलाडी तथा खेलकर्मीलाई राहत वितरण गरिएको हो ।

rahat kheldi

एक कार्यक्रमको आयोजना गर्दै  ५१ जना खेलाडीहरुलाई राहत वितरण गरिएको संघका अध्यक्ष प्रकाश चन्दले जानकारी दिएका छ्न । कोरोना भाइरसका कारण लामो समय सम्म जारी लकडाउनले जिविकोपार्जनमा समस्या भएका खेलाडीहरुका लागी राहत वितरण गरिएको चन्दले बताए ।
 दैनिकी चलाउन नै मुस्कील भएका र अन्य कुनैपनि प्रकारका समस्यामा रहेका सम्पुर्ण खेलाडी, खेल प्रशिक्षक तथा विभिन्न संघका खेल पदाधिकारी लगायत खेल संग सम्बन्धीत व्यक्तीहरुलाई समेत संघका तर्फबाट राहत वितरण जारी रहेको उनले बताए ।

kheldi rahat

राहत वितरण कार्यक्रमका सभापति संघका अध्यक्ष प्रकाश चन्द रहेका थिए भने  प्रमुख अतिथिमा  जिल्ला खेलकुद विकास समिती कंचनपुरका कार्यालय प्रमुख गोपाल दत्त भट्ट रहेका थिए ।