बझाङको एक विद्यालयमा तालाबन्दी
2021/12/15, 3:09
 
ss

बझाङको छबिस पाथिभेरा गाउँपालिका-७ मा रहेको मजखोरी माध्यमिक विद्यालयमा तालाबन्दी गरिएको छ। मजखोरीमा कार्यरत निजीस्रोतका शिक्षकहरुतलब नपाएको भन्दै बुधबार तालाबन्दी गरेका हुन्।

विद्यालय प्रशासनले १८ महिनाको तलब नदिएकोले कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको शिक्षक हरि जप्रेलले बताए। विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापक नै जवाफदेही नबन्दा यो समस्या आएको उनले बताए। यता प्रधानाध्यापक जनक बोहराले भने विद्यालयको पुरानो लगानी असुल हुन नसक्दा तलब दिन नसकिएको बताए। स्थानीय सरकार वा अन्य निकायबाट आयस्रोत जुट्यो भने शिक्षकलाई तलब दिने तयारी रहेको उनले बताए।