
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी बैतडी पुगेका छन । समग्र सुदूरपश्चिमको स्वास्थ्य अवस्था बुझ्न आएका उनी बैतडी पुगेका हुन् । उनी २ दिनसम्म बैतडी बस्नेछन् ।

यस क्रममा उनले जिल्लाको स्वास्थ्य वस्थाबारे बुझ्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए । साथै त्यहाँ बिरामीको निःशुल्क उपचार गर्ने उनले बताए । २ दिन बैतडीमा बसेपछि उनी दार्चुला जाने कार्यक्रम रहेको छ ।
यसअघि डा केसी वैशाख २५ गतेदेखि बझाङ जिल्ला अस्पतालमा रहेर बिरामीको उपचार गरिरहेका थिए । त्यसअघि उनी फागुन २० गतेदेखि वैशाख २५ गतेसम्म डडेल्धुरा अस्पतालमा रहेका थिए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/23, 10:24