धनगढीमा स्वरुप परिवर्तन गरिएका बाइक कारबाही गरिदै
2022/01/08, 8:21
 
ss

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा अत्याधिक ध्वनी प्रदुषणसहित कुदाउने गरिएका मोटरसाइकलविरुद्धको कारबाही तीव्र पारेको छ । स्वरुप परिवर्तन  गरेर ठूलो आवाजसहित सडकमा पड्कँदै कुद्ने यस्ता मोटरसाइकल धमाधम कारबाहीमा पर्न थालेका हुन् ।

कम्पनीको साइलेन्सर पाइप हटाएर ‘मोडिफाई’ गर्दै कुदाइने बुलेटले ध्वनी प्रदूषण गरेर आतंक सिर्जना गर्न थालेपछि नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।

मोटरसाइकलमा सवार ३२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाई–बुझाई गरी कम्पनीकै साइलेन्सर प्रयोग गर्न लगाइएको उनले बताए । कम्पनीको साइलेन्सर परिवर्तन गरेर ठूलो आवाज बनाई कुदाइने मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको र तीव्र गतिमा कुदाइने गरेका कारण दुर्घटनाको जोखिम बढेको गुनासो आउने गरेको थियो ।

साथै सवारी साधन मोडिफाई तथा स्वरुप परिवर्तन गरि नचलाउन ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।