कोरोनाका कारण सेती अञ्चल अस्पतालमा मृत्यु भएका पुरुष उपचारका लागि धनगढीकै निजि क्लिनिकमा पनि गएको खुलेको छ । सेतीको कोरोना वार्ड हेर्ने डाक्टरको गरिमा क्लिनिकमा गएका थिए । त्यहाँ उनी जेठ ३० गते उपचारका लागि गएको उनका भाईले खबर कुञ्जलाई बताए ।
कोरोनाले मृत्यु भएका बस मालिकाका भाईका अनुसार उनका दाईलाई जेठ २८ गते स्वास्थ्यमा समस्या आयो । सुरुमा छोरा र छोरीले दाईलाई माया मेट्रो अस्पताल धनगढी लगे । त्यहाँ निमोनियाको आशंका गरियो । तर स्वास्थ्य अवस्था ठिकै देखिएपछि घर फर्किए । ३० गते फेरी स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै गरिमा क्लिनिकमा लगियो । उनलाई त्यहाँ पद्मा अस्पतालको एम्बुलेन्समा लगिएको थियो । सेतीमा कोरोना वार्ड हेर्ने जिम्मा पाएका डाक्टरले नै चेक गरेका थिए । सुरुमा जाँच गर्नका लागि उनकी श्रीमति, छेरा छोरी गएका थिए ।
पछि अन्तिममा अवस्था बिग्रिएपछि डाक्टरकै सल्लाहमा आईसियुमा उपचार गर्ने भनियो । त्यसपछि उनलाई नवजीवन अस्पतालको आईसियूमा भर्ना गरियो । नवजीवनमा पनि अन्य स्वास्थ्यकर्मी सहित डाक्टरले नै उपचार गरेका थिए । जेठ ३० गते नवजीवनमा आईसियुमै रहेका वेला उनको कोरोना परिक्षण गर्दा राती ११ बजेतिर कोरोना पोजेटिभ आएको थियो । त्यसपछि उनको उपचार सेतीको आईसियुमा थालिएको थियो । आईसियु र भेन्टिलेरमा राखिएकै वेला ती बस चालकको वुधवार मृत्यु भएको छ ।
सेतीमा कोरोना वार्ड हेर्ने डाक्टरहरुले निजि क्लिनिकमा वसेर विरामीहरु चेकजाँच हुन थालेपछि उनीहरुको आलोचना भईरहेको छ । डाक्टरहरुलाई कोरोना वार्डमा काम गरे वापत सरकारले कोरोना वापतको शत प्रतिशत भत्ता सहित सम्पुर्ण आवास तथा खानाको खर्च व्यहोरिरहेको छ । तर उनीहरुले आफ्नो निजि क्लिनिकमा विरामी हेर्न छोडेका छैनन् ।
यसअघि खबर कुञ्जको टीमले तीन कोरोडा वार्डका डाक्टरहरुलाई निरन्तर निगरानी गर्दा उनीहरु आफ्ना निजि क्लिनिकमा विरामीहरु जाँच गरिरहेको फेला पारेको थियो । सरकारले जारी गरेको निर्देशिकामा कोरोनामा काम गर्ने स्वास्थ्यकर्मीले अन्य विरामी चेकजाँच गर्न नपाउने, काम गरेपछि १४ दिन क्वारेन्टाईन वस्ने र एक हप्ता विदामा वस्ने उल्लेख गरिएको छ । तर कोरोना वार्डका डाक्टर दैनिक रुपमा अस्पतालका र निजि क्लिनिकका विरामीहरु जाँच गरिरहेका छन् । कोरोना पनि हेर्ने डाक्टरले अन्य विरामीलाई जाँच गर्दा कोरोनाको जोखिम हुन सक्ने भन्दै सरकारले नै सजगता अपनाउँदै अन्त काम नगर्न भनेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरी ईवोला भाईरसको महामारी फैलिएका वेला एक जना डाक्टरका कारण दुई हजार संक्रमित भएको रिर्पोट सार्वजनिक गरेको थियो । तर धनगढीका डाक्टरहरुले त्यसतर्फ कुनै हेक्का राखेका छैनन् । कोरोनाका विरामीहरुको चेकजाँचमा खटिने डाक्टरहरु निजि क्लिनिकमा वस्दा उनीबाट लामो समयदेखि उपचार गराईरहेकाहरु पनि जान डराईरहेका छन् । उनले कोरोनाका विरामीलाई हेर्छन् भन्ने थाहा नपाएकाहरुको उनीहरुको क्लिनिकमा भिड नै हुन्छ । तर थाहा पाएकाहरु भने चेकलाई जान नै छोडेका छन् ।
डाक्टरले आफु सुरक्षा अपनाए पनि विरामीहरुका कारण कोरोनाको जोखिम वढ्न सक्ने खतरा वढेको त्यहाँ उपचार गराएका विरामीहरु स्वयम बताउँछन् । कोरोना वार्ड हेर्ने डाक्टरकोमा नै उपचारका लागि गएका विरामीहरु भन्छन्– ‘हामीबाट एक दुई जना हुदै धेरैलाई हुन सक्छ । क्लिनिकमा जाँच गर्दा पनि ध्यान दिनु पर्ने हो केही मतलब छैन । डाक्टरले आफु बँचेर हामीलाई कोरोना सार्ने खतरा वढाई दिनुभयो । अस्पतालमा जाँच गर्दा फरक पर्दैन क्लिनिकमा गर्ने काम बन्द गर्नुपर्छ । अस्पतालमा सामाजिक दुरी कायम गरेर विरामी जाँच भईरहेको देखेका छौं । तर क्लिनिकमा विरामीको ठेलमठेल हुन्छ । त्यसले वढी खतरा हुन्छ । ’
सेतीलाई कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्ने ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ । सुदूरपश्चिमका अन्य क्षेत्रबाट पनि यही अस्पतालमा बिरामी ल्याउने गरिएको छ । हाल नयाँ कोरोना अस्पतालबाट कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालले जाँच तथा उपचारमा संलग्न विशेषज्ञ सहित स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई आलोपालो काममा लगाएको छ । तर त्यसमा डाक्टरहरुले नियम पालना गरेका छैनन् । ‘सरकारले कोरोना नसरोस भनेर नै खाने वस्ने व्यवस्था गरेको छ । शत प्रतिशत तलब थपेको छ । आफ्नै परिवारका सदस्यहरुसँग सम्पर्क नहोस् भन्नका लागि । तर उहाँहरुले वाहिर नगर्नुपर्ने यसका लागि सम्बन्धित पक्षको ध्यान जाओस् ।’ धनगढीका मदन भट्टले भने,– ‘कोरोना नियन्त्रणकै लागि सरकारले निर्णय गरेको हो । यसलाई पालन गर्नुपर्ने डाक्टरहरुले नै । उहाँहरु यस विषयमा आफै जान्ने हुनुहुन्छ । हामीले भनिरहनु पर्दैन । तर अव कोरोना वार्ड हेर्ने डाक्टरहरुले निजि क्लिनिकमा विरामी हेर्न बन्द गर्नुपर्छ ।’ सो विषयमा बुझ्न खोज्दा कोरोना वार्ड हेर्ने डाक्टरसँग सम्पर्क हुन सकेन् । उनले मोवाईल उठाएनन् ।
कहाँ छन् मृत्यु भएका पुरुषसँगै जाँच गराएकाहरु ?
जेठ ३० गते क्लिनिकमा कोरोनाका कारण मृत्यु भएका पुरुषको जाँच सँगै अन्य विरामीहरुको पनि जाँच गरिएको थियो । तर सोही चेकजाँच गर्ने अन्य विरामीहरु भने सम्पर्कमा आउन सकेका छैनन् । उनीहरुमध्ये आफुहरुले जाँच गरेको दिन कोरोना संक्रमित पुरुष आएको समेत थाहा छैन् । उनीहरुको कन्ट्याक टेसिंगको काम समेत थालिएको छैन् ।
सेतीको कोरोना वार्डमा को को छन ?
विशेषज्ञ चिकित्सकको नेतृत्व तीन जनाको भए पनि उनीहरूलाई सेतीकै अन्य १४ जना मेडिकल अधिकृतहरूले सघाइरहेका छन् । सेतीमै कार्यरत ३१ जना नर्सिङ स्टाफको समूह खटिएको छ । प्यारामेडिक्सतर्फका ९ जनाको समूह बेग्लै परिचालित छ । कोरोना वार्डमा ड्युटीमा खटिएकाहरुलाई अस्पताले धनगढीको शुभम आवास गृह र साथी होटलमा क्वारेन्टाईनमा वस्ने व्यवस्था गरेको छ ।
एक सातासम्म एउटा समूहको ड्युटी हुन्छ । त्यसपछि उक्त समूहमा खटिएका स्वास्थ्यकर्मीहरू १४ दिनको सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । एक्लै भएका डाक्टरहरू ईच्छा अनुसार क्वार्टरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरेका छन् । परिवार भएका डाक्टर र नर्सहरूका लागि भने धनगढीका दुई वटा होटलमा बस्ने व्यवस्था गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए ।
सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने सम्भावना देखिएको चिकित्सकहरू औंल्याउँछन् । यस अवस्थामा सेती प्रादेशिक अस्पतालका लगभग सबै स्वास्थ्यकर्मीले कोरोना उपचार केन्द्र अलग्गै र टाढा हुनुपर्ने माग गर्दै आएकोमा हाल त्यो व्यवस्था गरिसकिएको छ । तर कोरोना वार्डमै कार्यरत एक जना नर्समा पनि कोरोना पुष्टि भईसकेको छ ।
सरकारको निर्देशिकामा के छ ?
कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । सो निर्देशिकामा उल्लेख गरिएका वुँदाहरु निम्न अनुसारका छन् ।
पुरै पढ्नुहोस् । कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका
Staff-Mobilization-Guidelines-15-May-2020-Final-Endorsed_1.pdf
कोरोना वार्ड हेर्ने डाक्टर निजि क्लिनिकमाः विरामीहरुलाई चेकजाँच गरिदा कोरोना संक्रमण फैलिने खतरा
https://khabarkunj.com/node/869