सीमाना मिच्ने र समस्या दिईरहने हाम्रा छिमेकीको दायित्व 
2020/05/17, 3:38
 
chand jee

आज विश्व नै चिन्तित बनेको छ कोरोना भाईरसले आज विश्वमा करिव २१५ भन्दा बढी देशहरू प्रभावित भएका छन । यसबाट बच्न हामीसंग अरु के पो विकल्प छ र ! त्यसैले तपाई हामीले सरकार ले जारी गरेको लकडाउन (बन्दाबन्दी) को पालना गरि सहयोग गरौं । कोरोनाबाट बच्ने एउटा मात्र विकल्प हो लकडाउनको पालना गर्नु र घरमै सुरक्षित बस्नु, तब मात्रै तपाईं हामी सुरक्षित हुन्छौं । उता सुनिदैछ भारतमा यात्रुबाहक रेल चल्ने भयो रे, त्यो रेलले हालको परिस्थितिमा मान्छे सँगै कोरोना संक्रमित पनि बोक्ने निश्चित नै छ ।

हालकोे अप्ठ्यारो परिस्थितिमा नेपालमा भारतीय कामदारहरु बसेकै छन । तर हाम्रा नेपाली दाजुभाईहरु भारतबाट किन लखेटिएका छन् ? भारतले नेपालीहरुलाई दशगजा क्षेत्रमा ल्याएर अलपत्र किन छाडेको छ ? के असली छिमेको हुनुको नाता यहि हो ? पटकपटक गरि सिमा मिच्ने देखि समस्या थप्ने मात्र ! सिमानासम्म आइपुगेकाहरुलाई पनि कमिशनको आड्मा नेपाल भित्र लुकिछिपी प्रवेश गराइन्छ भन्ने सुनिएको छ आजभोलि । चाहे त्यो भारत अथवा नेपालबाट किन नहोस् त्यस्ता दलालहरुको पहिचान गरि कानुनी कार्वाही गर्नुपर्छ ।

नेपालमा अवैधानिक बाटोबाट हुने प्रवेश तत्काललाई रोक्नुुपर्छ । हाल नेपालको स्थिति हामी नेपालीलाई थाहा नै छ, हाल करिब पचास लाखभन्दा बढी युवाहरु विदेशीन बाध्य छन् । अनुमानित आकँडा अनुसार पाँच लाखभन्दा बढी नेपाली दाजुभाइ नेपाल फर्किने मनोसाय बनाईरहेका छन । मेरो बिचारमा ती युवा केवल कास्टिङ मात्र हुन फिल्म बाँकी नै छ । पाँच लाख बढी त फर्किन पाएको खण्डमा भारतावाट फर्किने संभावना छदैछ । यतिबेला नेपालमा भारतबाट फर्किने मै कोरोना संक्रमण ज्यादा देखिएको तथ्यांकले प्रमाणित गरिसकेको छ ।

दोस्रो कुरा, तेस्रो मुलुकको पाँच लाख युवा नेपाल फर्किन चाहदा कति सम्भव होला ? मानौ ती पाँच लाख युवा (भारत बाहेक) अन्य मुलुकबाट फर्काउने हो भने नेपालमा भएका प्लेनले दिनमा तीन पटक ल्याउदा पनि करिब तीन सय पूरा लाग्ने देखिन्छ । यस्तो अवस्थामा केवल सरकारलाई सराप्दा समस्या समाधान हुने होइन क्यारे ! त्यसैले कामना गरौ भोकभोकै मर्न कुनै पनि नेपाली दाजुभाईलाई नपरोस । विदेशमा हुने नेपालीलाई नेपाल सरकारले, आफ्नो तर्फबाट कति सम्भव छ नेपालीको रक्षाका निम्ति सम्बन्धित देशसँग समन्वय गर्दै तिनीहरुको समस्या समाधन गरोस । साथै निजि क्षेत्रले पनि त्यस्तै खाले सहयोगको गरोस । नेपाल ल्याउँदैमा समस्या समाधान हुने होइन । जो जहाँ छ त्यहाँ बस्नु नै अहिले उपयुक्त होला । पाँच लाख नेपाली मात्र भित्राएर समस्याको समाधान हुने होईन समस्या झन झन विकराल परिस्थितिको निर्माण हुन पुग्छ । किनकी क्वारेन्टाइन राख्न पनि सम्भव नभएको अवस्थामा, महामारी हुदाँ थेग्न नसक्ने अस्पताल लगायत अन्य पूर्वाधार बिना कसरी सम्भव होला ?

मानवीय नाताले ती हाम्रा दाजुभाईलाई आश्वासन दिन त सकिएला तर व्यवहारमा उतार्न सक्नु पो सफलता हो । सरकार आफ्ना नागरिकप्रति उत्तरदायी हुनु पर्दछ नै तर परिस्थिति हेरेर समस्याको आकलन गरि थेग्न सकिन्छ वा सकिँदैन बुझेर मात्रै निर्णय गर्नु नै उपयुक्त हुनेछ । भावनामा कोही पनि वहकिनु हुन्न । सिमा क्षेत्र बन्द गरौ आगामी दिन झनै खतरा पुर्ण हुने देखिएकोले लकडाउन होइन कर्फ्यु लगाउन परे पनि पछि हटनु हुन्न । नत्र लास फ्याल्न पनि ट्रकले भ्याउने स्थिति नआउला भन्न सकिँदैन । उदाहरण बिकसित मुलुक जस्तो अमेरिका, इटालीमा देखिएकै छ । यो आपतकालीन स्थिति पार लगाउन सके हामी अवश्य पुनः यहि नेपाली माटोमा आफ्नै जन्मभुमिमा रमाउला,  यहाँका पाखा पखेरामा हरियाली ल्याउला ! सबै मिलेर कामना गरौ आ–आफ्नो ठाउँबाट सरकारका निर्देशन पालना गरौं । हामी रहे कसो नभेटौला भेटेर पीडा साटासाट गर्दै रमाइलो गरौला । तारा सिंह चन्द (बोगटान गाउँपालिका– ६ गगुडा, डोटी)