कोरोना वार्ड हेर्ने डाक्टर निजि क्लिनिकमाः विरामीहरुलाई चेकजाँच गरिदा कोरोना संक्रमण फैलिने खतरा
2020/06/03, 9:01
 
korona

सीताराम ओझा-  “‘म परिवारसँग खाना खाँदै थिएँ । अस्पतालबाट साथीहरूले उनको त पोजिटिभ देखियो भनेर खबर गर्नुभयो, बुवा आमाले बीचैमा खाना छाड्नुभो,’ डा. निराजनदत्त शर्मा पौडेलले भने, ‘म उनै बिरामीको उपचारमा संलग्न रहेको थाहा पाएकाले उहाँहरू अत्तालिनुभयो । खबर सुन्ने बित्तिकै म अस्पताल गएँ ।’ गत चैत १४ गते दिउँसोको समय थियो । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भर्ना गरिएका एक जना बिरामी संक्रमित रहेको खबर आयो । पहिलो केस भएकाले लगभग सबै चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू अत्तालिए । ‘काठमाडौं प्रयोगशालाका कर्मचारीले सुरुमा डिटेल जानकारी गराएनन् तर एक जना पोजिटिभ केस देखिएको छ, सजग रहनुहोला भन्ने अनौपचारिक खबर गरे,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘अन्य व्यवस्थापनका चुनौती त छँदै थिए, त्योभन्दा पनि त्यसअघि उनलाई जाँच गर्ने क्रममा स्वास्थ्यकर्मीहरूले पीपीई लगायत स्वास्थ्य सुरक्षाका सामग्री नलगाएकाले सबैलाई तनाव भयो । नर्सिङ स्टाफहरू सबैभन्दा बढी स्ट्रेसमा पुगे ।’

2

2

औपचारिक खबर आइसकेपछि अस्पताल टिमले आफैंलाई सम्हाल्दै अगाडीका योजना बनायो । ‘आईसोलेसन वार्डमा राखिएका बिरामीको समूहबाट संक्रमित देखिएका बिरामीलाई अलग्गै राख्यौं ।’ डा. पाण्डेयले भने, ‘कामको पहिलो स्टेप नै त्यही थियो ।’ सुदूरपश्चिमकै सुविधा सम्पन्न सरकारी अस्पताल हो सेती । तर, यहाँ तीन जना मात्र कन्सल्ट्यान्ट फिजिसियन छन् । डाक्टर सन्तोष पाण्डेलाई वार्डको जिम्मा लगाईएको छ । कन्सल्ट्यान्ट फिजिसियनहरू शेरबहादुर कमर, डा. पौडेल र आकस्मिक रोग विशेषज्ञ जगदीश जोशी गरी तीन जना डाक्टरले सुरुदेखि नै कोरोना भाइरस संक्रमणको आशंका भएका र संक्रमण पुष्टि भईसकेका बिरामीको उपचारमा नेतृत्व गरिरहेका छन् ।” गत वैशाख ४ गतेको कान्तिपुर दैनिकमा जो उपचारमा अग्रमोर्चामा छन् भन्ने शिर्षकमा छापिएको मुख्य समाचारको अंश हो ।

2

2

सेती प्रादेशिक अस्पतालमा कोरोनाका विरामीहरु वढिरहेकै छन । उनीहरुको उपचारमा सेतीका डाक्टर सहितका स्वास्थ्यकर्मी दिन रात भनेर खटिएको समाचार आउँदा प्रदेशवासीहरु निकै खुशी भए । सामाग्रीहरुको अभावका बीचमै कोरोनासँगको लडाईमा लागेको भन्दै उनीहरुलाई वधाईको ओईरो आयो । सामाजिक सञ्जालहरुमा केही दिनसम्म सेतीकै डाक्टरको चर्चा परिचर्चा र उनीहरुले थालेको कदमलाई सम्मान गरियो । तर अहिले तीनै डाक्टरहरुले निजि क्लिनिकमा वसेर विरामीहरु चेकजाँच हुन थालेपछि उनीहरुको आलोचना हुन थालेको छ । 

2

b

कान्तिपुर दैनिकले वैशाख ४ गते लेखेको थियो– डाक्टर कमर कोरोना भाइरसका बिरामीको जाँच तथा उपचारमा अग्रपंक्तीमा खटिएका छन् । ‘सुरुदेखि नै यहाँ पनि केस अवश्य देखिन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसैले पहिलो केस आउने बित्तिकै उत्ति साहे झट्का त लागेन तर सीमित मात्र विशेषज्ञ फिजिसियन भएकाले व्यवस्थापनको निकै चुनौती भयो ।’ घरपरिवार टाढा भएकाले उनीहरूले चिन्ता गरिरहने उनी बताउँछन् । ‘व्यक्तीगत रूपमा जस्तोसुकै कठिनाइ भए पनि बिरामीको उपचार गर्नु पहिलो कर्तव्य भएकाले जटिल अवस्थासँग भाग्ने कुरै भएन,’ उनले भने, ‘अहिलेसम्म त धानिएकै छ, अगाडी कस्तो परिस्थिति आउने हो ।’ 

डाक्टरहरुको समाचार आएको डेढ महिना हुँदा डाक्टर शेरवहादुर कमरले जे भनेका थिए त्यो गरेका छैनन् । उनकै भनाईमा त्यहाँ काम गर्नलाई ड्यिुटीमा खटाईएका अन्य डाक्टरहरुले कोरोना वार्डमा काम गरिरहेका छन । उनले सरकारले दिएको कोरोना वापतको शत प्रतिशत भत्ता लिने, अस्पतालका विरामीहरुलाई चेकजाँच गर्ने तथा आफ्नो निजि क्लिनिकमा विरामी हेर्ने रहेको छ । खबर कुञ्जको टीमले तीन दिनदेखि उनलाई निरन्तर निगरानी गर्दा उनी अस्पताल लाईनको जनता क्लिनिकमा विरामी जाँच्नका लागि व्यस्त भईरहेका छन् । सरकारले जारी गरेको निर्देशिकामा कोरोनामा काम गर्ने स्वास्थ्यकर्मीले अन्य विरामी चेकजाँच गर्न नपाउने, काम गरेपछि १४ दिन क्वारेन्टाईन वस्ने र एक हप्ता विदामा वस्ने उल्लेख गरिएको छ । तर कमर दैनिक रुपमा अस्पतालका र निजि क्लिनिकका विरामीहरु जाँच गरिरहेका छन् । कोरोना पनि हेर्ने डाक्टरले अन्य विरामीलाई जाँच गर्दा कोरोनाको जोखिम हुन सक्ने कञ्चनपुरबाट चेकजाँचका लागि आएकी भागरथी शाहीले बताईन् । ‘विरामी भएर चेक गर्न आएको हो । डाक्टर कोरोनाका विरामी हेरेको छ कि छैन हामीलाई थाहा छैन् ।’ डाक्टर कमरलाई चेकअप गराएर जनता क्लिनिकको काउन्टरमा भेटिएकी शाहीले भनिन्–‘कोरोनाका विरामी जाँचेको तपाईहरुले भनेर थाहा पाए । त्यसो त गर्नु हुँदैन । कसलाई कोरोना भएको हुन्छ । थाहा हुदैंन । डाक्टर विरामी चेक गर्दा अव त मलाई पनि डर लाग्यो । यसले कोरोना फैलाउने पो की भन्ने चिन्ता वढेको छ ।’

b

b

b

अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर कमरसँग उनकै मेडिकलमा खबर कुञ्जको टीमले भेट्न खोज्दा भेट भएन् । तीन दिनदेखि लगातार सम्पर्क गर्दा वुधवार मात्रै फोन उठाए । कोरोनाका विरामीलाई हेरिरहेको अवस्थामा निजि क्लिनिकमा किन काम गरिरहनु भएको छ भन्ने प्रश्नमा डाक्टर कमरले चर्किदै भने–मैले नहेरे को ले हेर्ने हो, तपाईले हेर्ने हो ? त्यहाँ हेर्न नपाउने हो भन्ने हाम्रो प्रश्नमा उनले भने– ‘हेर्नु हुन्न भन्ने कहाँ लेखिएको छ ? सरकारको निर्देशिकामा छ त ? डाक्टर कमरको जवाफ आयो– ‘विरामी सिरियस आयो भने कस्ले हेर्छ । कोरोना वार्ड पनि हेरिरहनुभएको छ निजिमा पनिमा गरिरहनुभएको छ ? निजि क्लिनिकमा हेर्छु ओपिडीमा पनि हेर्छु । काम पर्यो भने कोरोनामा पनि हेर्छु । कोरोना हेर्नेले अरु विरामी नहेर्ने नियम छैन ? केही नियम छैन । कोरोनाको विरामी हेर्ने भनेको के गएर अंगालो मार्ने हो त ? त्यहाँ केही पर्यो भने सल्लाह दिने, डिसिजन दिने काम हुन्छ । फोनमा हुन्छ । विरामी नै भेटिरहनु पर्दैन । 

डाक्टर शेरवहादुर कमरले निजि क्लिनिकमा विरामी जाँच गर्दा उपचारका लागि आउने विरामीहरु पनि त्रसित हुन थालेका छन् । उपचार गराउनु पर्ने वाध्यता भए पनि डरा डराई उपचार गराईरहेका छन् । ‘क्लिनिकमा आउनु हुन्छ । क्लिनिकमै जचाउँदा ठीक हुन्छ भनेर यहाँ आएको हो । जनता क्लिनिकमै भेटिएका अर्का विरामी प्रदिप कुमार झा ले भने– ‘तर डाक्टर सापले कोरोनाका विरामीलाई हेर्नु हुन्नथ्यो । हामीलाई पनि उहाँले कोरोनाका जोखिममा पार्नुभयो ।’ सेती प्रादेशिक अस्पतालकै कोरोना वार्डमा काम गरिरहेका अर्का डाक्टर हुन डाक्टर निराजनदत्त शर्मा । उनको वारेमा पनि कान्तिपुर दैनिकले यस्तो लेखेको छ–‘बिरामीको स्वास्थ्य उपचारमा अग्रमोर्चामा खटिएका अर्का कन्सल्ट्यान्ट फिजिसियन हुन् डाक्टर पौडेल । ‘आफ्नै घर परिवारले चिन्ता गर्नु स्वाभाविकै हो तर त्योभन्दा महत्वपूर्ण दायित्व यति बेला बिरामीलाई बचाएर चाँडै घर पठाउन प्रयास गर्नु हो,’ उनले भने, ‘सुरुदेखि आएका बिरामीलाई आत्मविश्वास दिने कुरा नै पहिलो उपचार देखिएको छ ।’ आफ्नै घर परिवारले चिन्ता गरिरहँदा पनि महत्वपूर्ण दायित्व बिरामीलाई बचाएर चाँडै घर पठाउन प्रयास गर्नु हो भन्ने विचार राख्ने डाक्टर शर्मा पनि यतिवेला साँझ विहान आफ्नै क्लिनिकमा भेटिन्छन् ।

कोरोनाका विरामीहरुको चेकजाँचमा खटिने उनले निजि क्लिनिकमा वस्दा उनीबाट लामो समयदेखि उपचार गराईरहेकाहरु पनि जान डराईरहेका छन् । उनले कोरोनाका विरामीलाई हेर्छन् भन्ने थाहा नपाएकाहरुको उनको क्लिनिकमा भिड नै हुन्छ । तर थाहा पाएकाहरु भने चेकलाई जान नै छोडेका छन् । डाक्टरले आफु सुरक्षा अपनाए पनि विरामीहरुका कारण कोरोनाको जोखिम वढ्न सक्ने खतरा वढेको त्यहाँ उपचार गराएका विरामीहरु बताउँछन् । –डाक्टर साप आफु सेभ हुनुहोला । हामी त छैनौं नि, एक अर्कासँग नजिकै वसेका छौं । कस्लाई कोरोना छ कस्लाई छैन केही थाहा छैन् ।’ गरिमा क्लिनिकमै डाक्टर शर्मालाई चेक गरान आएका धनगढीका त्रिलोचन भट्टले भने– हामीबाट एक दुई जना हुदै धेरैलाई हुन सक्छ । क्लिनिकमा जाँच गर्दा पनि ध्यान दिनु पर्ने हो केही मतलब छैन । डाक्टरले आफु बँचेर हामीलाई कोरोना सार्ने खतरा वढाई दिनुभयो । अस्पतालमा जाँच गर्दा फरक पर्दैन क्लिनिकमा गर्ने काम बन्द गर्नुपर्छ । अस्पतालमा सामाजिक दुरी कायम गरेर विरामी जाँच भईरहेको देखेका छौं । तर क्लिनिकमा विरामीको ठेलमठेल हुन्छ । त्यसले वढी खतरा हुन्छ । ’

यता डाक्टर निराजन दत्त शर्माले भने आफुहरुले कोरोना वार्ड हेरे पनि विरामीसँग प्रत्यक्ष सम्पर्क नहुने दावी गरेका छन् । उनलाई क्लिनिकमै विरामी जाँच गरिरहेका वेला खबरकुञ्जको टीमले भेट्न खोज्दा समय लाग्ने भन्दै भेट्न नपाएपछि टेलिफोन सम्पर्कमको कुराकानीमा वाहिर काम गर्न नहुने निर्देशिका नभएको जिकिर गर्दै उनले भने–‘हामी विशेषत्र गरियो । टीम हुन्छ । टीम हुन्छ सिनियर, जुनियर र नर्सिंग स्टाफ हुन्छन् । जुनियर राउण्ड लिन्छन् । हामी अनकल वोलाएपछि मात्रै जाने हो । विरामीसँग एक्सपोज हुनु पर्दैन हामीले ।’ डाक्टर शर्माले थपे–‘अव हामी एक्सपोज नभएको हुनाले हामीले क्लिनिकमा हेरेको हो । फ्लोर ड्युटी हुँदैन । फ्लोर ड्युटी भनेको पिपिई लाएर विरामी जाँच्ने ड्युटी चाही हुदैन् ।  हामीले टिटमेन्टको गाईडलाईन बनाएर त्यही अनुसार विरामी भर्ना हुन्छन् । हामी सिसिटिभीमा हेर्छौ । दैनिक रिर्पोट अपडेट हुन्छ । त्यही अनुसार उपचार हुन्छ ।’ 

b

कोरोनाका बिरामीको जाँच तथा उपचारमा खटिने अर्का डाक्टर हुन्– आकस्मिक रोग विशेषज्ञ जोशी । उनको बारेमा कान्तिपुर दैनिकको पहिलो पृष्ठ मुख्य समाचारमा यस्तो लेखिएको छ– ‘म डाक्टर मात्रै नभई श्रीमान्, बाबु, छोरा, भाइ पनि हुँ,’ डा. जोशीले भने, ‘यतै नजिकै रहेको घरमा पनि जान नमिलेर दुई सातादेखि होटलमा बसेको छु । घर परिवारले चिन्ता गरिरहन्छन् । उनीहरूलाई सम्झाउनु परिरहेको छ । चुनौती मोलेर भए पनि जटिल अवस्थामा बिरामीको सेवा गर्न पाएकोमा मलाई दिक्क चाहिँ लागेको छैन ।’ वैशाख चार गरे उनले यो भनाई राखेका थिए । तर डाक्टर जोशीको अहिले कोरोना वार्डमा ड्युटी छैन् । १४ दिन क्वारेन्टाईन वसेर ७ दिन विदामा वसेर विरामी जाँच गरिरहेको डाक्टर जोशीको दावी छ । उनले दंगीशरण मेडिकलमा विरामी जाँच गर्दै आएका छन् । 

सेतीलाई कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्ने ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ । सुदूरपश्चिमका अन्य क्षेत्रबाट पनि यही अस्पतालमा बिरामी ल्याउने गरिएको छ । हाल २५ जनाको उपचार यहाँ भइरहेको छ । अस्पतालले जाँच तथा उपचारमा संलग्न विशेषज्ञ सहित स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई आलोपालो काममा लगाएको छ । तर त्यसमा डाक्टरहरुले नियम पालना गरेका छैनन् । ‘सरकारले कोरोना नसरोस भनेर नै खाने वस्ने व्यवस्था गरेको छ । शत प्रतिशत तलब थपेको छ । आफ्नै परिवारका सदस्यहरुसँग सम्पर्क नहोस् भन्नका लागि । तर उहाँहरुले वाहिर नगर्नुपर्ने यसका लागि सम्बन्धित पक्षको ध्यान जाओस् । धनगढीका मदन भट्टले भने– कोरोना नियन्त्रणकै लागि सरकारले निर्णय गरेको हो । यसलाई पालन गर्नुपर्ने डाक्टरहरुले नै । उहाँहरु यस विषयमा आफै जान्ने हुनुहुन्छ । हामीले भनिरहनु पर्दैन । तर अव कोरोना वार्ड हेर्ने डाक्टरहरुले निजि क्लिनिकमा विरामी हेर्न बन्द गर्नुपर्छ ।’ उनले फेशवुकमा प्रमाण सहितको लामो स्टाटस समेत लेखेका थिए । तर उनले पछि आफ्नो स्टाटस हटाएका थिए । 

सेतीको कोरोना वार्डमा को को छन ?
विशेषज्ञ चिकित्सकको नेतृत्व तीन जनाको भए पनि उनीहरूलाई सेतीकै अन्य १४ जना मेडिकल अधिकृतहरूले सघाइरहेका छन् । सेतीमै कार्यरत ३१ जना नर्सिङ स्टाफको समूह खटिएको छ । प्यारामेडिक्सतर्फका ९ जनाको समूह बेग्लै परिचालित छ । कोरोना वार्डमा ड्युटीमा खटिएकाहरुलाई अस्पताले धनगढीको शुभम आवास गृहमा क्वारेन्टाईनमा वस्ने व्यवस्था गरेको छ । प्रति व्यक्ती १४७५ को दर त्यहाँ वसेकाहरुलाई अस्पतालले दैनिक खाने वस्ने गरी भुक्तानी गरिरहेको छ । अस्पतालको लेखा शाखा अनुसार हालसम्म शुभमलाई झण्डै १५ लाख भुक्तानी समेत दिईसकेको छ ।

b

2

k

 

एक सातासम्म एउटा समूहको ड्युटी हुन्छ । त्यसपछि उक्त समूहमा खटिएका स्वास्थ्यकर्मीहरू १४ दिनको सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । एक्लै भएका डाक्टरहरू ईच्छा अनुसार क्वार्टरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरेका छन् । परिवार भएका डाक्टर र नर्सहरूका लागि भने धनगढीका दुई वटा होटलमा बस्ने व्यवस्था गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने सम्भावना देखिएको चिकित्सकहरू औंल्याउँछन् । यस अवस्थामा सेती प्रादेशिक अस्पतालका लगभग सबै स्वास्थ्यकर्मीले कोरोना उपचार केन्द्र अलग्गै र टाढा हुनुपर्ने माग गरेका छन् । धनगढीमा कोरोना वार्ड निर्माण सम्पन्न भएपनि सञ्चालनमा भने आउन सकेको छैन् । 

सरकारको निर्देशिकामा के छ ? 
कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गरेको छ । सो निर्देशिकामा उल्लेख गरिएका वुँदाहरु निम्न अनुसारका छन् । 

2

2

b

पुरै पढ्नुहोस् । कोभिड १९ महामारी सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका

Staff-Mobilization-Guidelines-15-May-2020-Final-Endorsed.pdf

के भन्छन् सम्बद्धहरु ?
सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले  चिकित्सकहरुले निजिमा जाँच गरिरहेको कुरालाई बचाउ गरे । आफु पनि निजि क्लिनिकमा विरामी हेर्दै आएका मेसु पाण्डेयले भने–‘उहाँहरु कोरोना वार्डमा आउनु हुन्न । भिडियो कल, फोनबाट कुरा गर्नुहुन्छ । त्यही अनुसार टिटमेन्ट हुन्छ ।’ कोरोना वार्डको जिम्मेवारी पाएका डाक्टरहरु वाहिर निजि क्लिनिकमा वसिरहेको वारेमा भने मेसु पाण्डेयले बुझ पचाउँदै भने–उहाँहरु निजि क्लिनिकमा बस्नु हुन्छ । विरामी हेर्नुहुन्छ भन्ने कुरा त मलाई थाहा भएन । उहाँहरुलाई सोध्नुस् न ।’ सुदुरपश्चिम सरकारले पनि कोरोनामा काम गर्ने डाक्टरहरुले निजिमा काम गर्न नपाउने जनाएको छ । 

सुदुरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले निजिमा काम गर्न नपाउने बताए । ‘उहाँहरुलाई कोरोनाका विरामीहरु हेर्नका लागि स्पेशल जिम्मेवारी दिईएको हो । कोरोनाका विरामीहरु जुनसुकै वेला पनि हेर्नुुपर्ने हुन्छ ।’ कार्कीले भने–‘विरामीहरुलाई हेर्दा कसैलाई पनि संक्रमण हुन सक्छ ।  त्यसले थप समस्या सिर्जना गर्न सक्छ । त्यसो नगर्दा नै उत्तम हो ।’ सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले पनि डाक्टरहरुले निजि क्लिनिकमा काम गर्न नपाउने जनाएको छ । निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले त्यस वारेमा विस्तृत जानकारी नभएपनि गर्न नमिल्ने बताए । म अहिले व्यवस्थापनको कामतिर वढी लागिरहेकोले विस्तृत जानकारी नभए पनि निजि क्लिनिकमा काम गर्न पाईदैन् ।’ डाक्टर अवस्थीले भने–‘यस तर्फ हाम्रो पनि ध्यान गएको थिएन् । तपाईहरुले जानकारी गराउनुभयो । हामी पनि यस वारेमा वुझ्छौ । नगर्न भन्छौं ।’

डाक्टरको हक हितका लागि नेपाल चिकित्सक संघले पहल गर्दै आएको छ । चिकित्सकहरुमागि कुटपिट भईरहेका घटनाहरुका वारेमा चिकित्सकहरुले विरोध जनाईरहेका छन् । तर कोरोनामा काम गर्ने चिकित्सकहरुले निजि क्लिनिकमा काम गर्ने नगर्ने वारेमा भने कुनै प्रतिक्रिया जनाएका छैनन् । नेपाल चिकित्सक संघ सुदुरपश्चिमका अध्यक्ष तथा केन्द्रिय सदस्य डाक्टर प्रमोद जोशीले कोरोनासँग सम्बन्धित विषयमा आफुहरुले केही पनि नवोल्ने नियम बनाएको खबर कुञ्जलाई जानकारी दिए ।