एसपीएले कोरियाको क्येमयुङ्ग विश्वविद्यालयसँग सहकार्य गर्ने
2022/01/23, 1:42
 
dad

धनगढीमा रहेको सुदूर पश्चिमाञ्चल क्याम्पस (एसपिए) ले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग विश्वविद्यालय (केयू) सँग सहकार्य गर्ने भएको छ । क्याम्पसले विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने भएको हो ।

नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन (नेस्पो) को सम्वयनमा सुदूर पश्चिमाञ्चल क्याम्पसले दक्षिण कोरियामा रहेको क्येमयुङ्ग बिश्वबिद्धालय (केयू) संग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख योगराज उपाध्याय र नेस्पोका तर्फबाट फाउन्डेसनका अध्यक्ष साम्राज्य विक्रम पाण्डेय बिच ६ बुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।  

यो सम्झौता पछि एसपिएका विद्यार्थीहरुको शैक्षिक तथा 'एक्स्ट्रा एक्टिभिटी' मा समेत अन्तरास्ट्रिय स्तरको अनुभव तथा सिकाइ गतिविधिमा महत्वपूर्ण सफलता मिल्ने प्रबन्ध निर्देशक सुवाश शाहीले बताए । उनका अनुसार विभिन्न शैक्षिक तथा अन्य खेलकुद लगायतका गतिविधिमा सहकार्य गर्ने उद्धेश्य सहित सम्झौता भएको हो ।

विद्यार्थी र विभिन्न संकायको सस्थागत विकासका लागि अभिप्रेरित, अनुसन्धान, प्रशिक्षण, विनिमय अध्ययन र स्टे प्रोग्रामहरू, पुनर्निर्माण र खेलकुदका लागि शैक्षिक गुणस्तर मानकहरू सुदृढ गर्दै अध्ययन र पूर्वाधार विकास गर्नको लागि केयू विश्वविद्यालयसँग सम्झौता गरिएको उनले बताए । 

त्रिभुवन बिश्वबिद्धालय बाट सम्बन्धन प्राप्त सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपिए) बिगत २३ बर्ष देखि शैक्षिक गतिविधिमा अग्रणी भुमिका निर्वाह गर्दै आएको छ । हाल एकेडेमीले प्लस टू देखि स्नातकोत्तर सम्मका विभिन्न संकायमा पठनपाठन गराउदै आएको छ ।