धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण
2022/01/23, 3:30
 
da

रोटरी क्लब अफ धनगढीले कोभिड(१९ बाट बच्न अनिवार्य मास्क लगाउू भन्ने उद्देश्यले धनगढी उपमहानगरपालिकालाई ३० हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

क्लबका अध्यक्ष दीपक उपाध्यायले उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई मास्क हस्तान्तरण गरेका छन् । मास्क हस्तान्तरण गर्दै अध्यक्ष उपाध्यायले बढ्दो कोभिड-१९ बाट बच्न अनिवार्य मास्क लगाउू भन्ने उद्देश्यका साथ क्लबले उपमहानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी लगायतका लागि मास्क हस्तान्तरण गरेको बताए ।

उपमहानगरपालिकाका मेयरले वडले रोटरी क्लबले पहिलो तथा दोस्रो कोभिड-१९ महामारीका बेला धेरै मानवीय सेवा गरेको स्मरण गर्दै तेस्रो लहरमा समेत अग्रपङ्क्तिमा रही कार्य गर्दै आइरहेकोमा प्रशंसा गरे ।

उपमहानगरपालिका भित्र अनिवार्य मास्क अभियान अन्तर्गत सम्पूर्ण नागरिकलाई मास्कको उचित प्रयोग गर्न आग्रह गर्दै मेयर वडले प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह समेत गरे ।

मास्क हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष प्रकाशचन्द्र भट्ट, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहरा लगायतको सहभागिता रहेको थियो ।