सुदूरपश्चिममा ११ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
2020/06/18, 7:27
 
korona

सुदूरपश्चिममा ११ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएकोमा विहीवार मात्रै थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाजुरा जिल्लामा विहीवार थप ४१ जनामा कोरोना पुष्टि भएकोमा ६ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताए । १५ जना महिला र २६ जना पुरुष गरी ४१ जनामा संक्रमण देखा परेको हो ।

४ जना बडिमालिका नगरपालिकाकामा कार्यरत स्वास्थ्यकर्मी, एक जना स्वास्थ्य कार्यलय बाजुरा र एक जना अस्पतालको कर्मचारीमा कोरोना पुष्टि भएको हो । यो संगै सुदूरपश्चिममा संक्रमित स्वास्थ्यकर्मीको सङख्या ११ पुगेको छ । यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा एक र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भईसकेको छ ।

उनीहरुमध्ये १० जना उपचाररत छन् भने कञ्चनपुरका एक जना स्वास्थ्यकर्मी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् ।