कोरोना संक्रमणले धनगढी र गौरीगंगाको सेवा स्थगित
2022/01/25, 2:56
 
aa

कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाले अत्यावश्यक र आन्तरिकबाहेक सबै कामकाज स्थगित गर्ने निर्णय गरेका छन् । नियमित कार्य सम्पादनको क्रममा कर्मचारी, जनप्रतिनिधिमा कोरोना संक्रमण भएकाले भोलि बुधबारदेखि सेवा स्थगन गर्न लागेको दुवै स्थानीय तहद्वारा विज्ञप्ती जारी गरी जनाइएको छ । 

धनगढी उपमहानगरपालिकाको केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा पनि मिल्दोजुल्दो लक्षण देखिएकाले १२ देखि माघ १८ गतेसम्म सेवा स्थगन गर्न लागेको सो कार्यालयले जानकारी दिएको छ । कार्यालयबाटै कोभिड सङ्क्रमण फैलिने डर रहेकाले स्वास्थ्य, सरसफाई, एम्बुलेन्स, दमकलबाहेक सबै सेवा स्थगन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए । 

सो नगरपालिकाको अधिकांश कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुञ्जलेसम्मका लागि भोलि बुधबारदेखि सेवा स्थगित गर्न लागेको हो । सेवा बन्द गरिएको अवधिभरि नगरपालिका र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापन र अत्यावश्यक कार्यमात्रै हुने प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए ।