कोरोना महामारीमा मास्क लगाउन सिकाउँदै ट्राफिक प्रहरी
2022/01/28, 12:11
 
aa

कञ्चनपुरमा ट्राफिक प्रहरीले ‘तपाइको मास्क खोइ ?’ अभियान सञ्चालन गरेको छ । दैनिक रुपमा कोरोना संक्रमित बढ्न थालेपछि ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गरिरहेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगर बजारलगायत जिल्लाभर ‘मास्क खोइ ?’ अभियान सञ्चालन गरेको जनाएको छ । ‘मास्कको प्रयोग नगर्नेहरुलाई रोकेर सम्झाउने गरेका छौं,’ ट्राफिकका जिल्ला इन्चार्ज प्रहरी निरीक्षक केशव भट्टले भने, ‘मास्क नलगाउनेहरुलाई कारबाही समेत गरिएको छ ।’

May be an image of 5 people, motorcycle, tree and road

बजार क्षेत्र र पूर्व–पश्चिम राजमार्गमा आवतजावत गर्ने सवारी चालक तथा यात्रुलाई मास्क लगाउन आग्रह गर्दै आएको उनले बताए ।  ट्राफिक प्रहरीले महेन्द्रनगर, दैजी, कलुवापुर, गड्डाचौकीलगायतका क्षेत्रमा ‘मास्क खोइ रु’ अभियान सञ्चालन गरेको छ ।

‘यो अभियान निरन्तर चलाउँछौं,’ उनले भने, ‘दैनिक ५ सय बढीलाई मास्क वितरण गर्दै आएका छौं ।’ ट्राफिक प्रहरीले सवारी साधनमा समेत जनचेतनामूलक पोष्टर लगाइरहेको छ । ट्राफिक नियम सम्बन्धि जनतेनामूलक कार्यक्रम समेत गर्दै आएको छ ।

May be an image of 2 people, motorcycle and outdoors

‘बजार क्षेत्रमा चल्ने अटो रिक्साका चालकलाई कार्यालयमै बोलाएर मास्क लगाउन आग्रह गरेका थियौं,’ भट्टले भने, ‘उनीहरुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विभिन्न संघसंस्थासँग सहकार्य गरेर मास्क अभियान चलाइरहेको छ । ‘अहिले मास्क लगाउन आग्रह गर्दै आएका छौं,’ प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने, ‘केही दिनपछि निर्णय गरेर मास्क नलगाउनेहरुलाई कारबाही गर्छौ ।’

No description available.