आइपिएलः सन्दीप मात्र अक्सनमा
2022/02/01, 4:17
 
dd

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेको छन् ।यसअघि नेपालका १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्रै मेगा अक्सनमा छानिएका हुन् । अक्सनका लागि सन्दिपको न्युनतम मुल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैंया) तोकिएको छ ।

सन्दीपले सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका थिए । लगातार तीन सिजन दिल्लीबाट खेलेका सन्दीप पछिल्लो सिजन भने अक्सनमा प्रतियोगिताको कुनै पनि फ्रेन्चाइज टोलीको नजरमा परेनन् ।

प्रतियोगितामा नौ खेल खेलेका सन्दिपले १३ विकेट लिएका छन् ।

यसअघि नेपाली टोलीबाट सन्दीपसँगै आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अविनाश बोहरा, विनोद भन्डारी, सरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अक्सनका लागि नाम दर्ता गराएका थिए ।