चण्डेश्वरी क्लबलाई सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि 
2022/02/06, 9:45
 
khel

धनगढीमा भएको सेभेन साइड फुटबल प्रतियोगिताको उपाधि चण्डेश्वरी क्लब बोराडाँडीले हात पारेको छ । सिटी क्लब अफ धनगढीले आयोजना गरेको प्रतियोगिताको उपाधिमाथि चण्डेश्वरीले कब्जा जमाएको हो ।

आयोेजक क्लब सिटी क्लब अफ धनगढीलाई ३–० गोल अन्तरले पराजित गर्दै चण्डेश्वरी क्लबले उपाधि हात पारेको हो । टीमलाई च्याम्पीयन बनाउन किरण बोहराले २ र रोशन विसीले १ गोल गरे ।  प्रतियोगिताको उपाधिसँगै चण्डेश्वरीले नगद २५ हजार सहित ट्रफी पाएको छ । उपविजेता बनेको आयोजक सिटी क्लब अफ धनगढीले नगद १० हजार सहित ट्रफी पाएको छ ।

2

विजयी खेलाडीहरुलाई एक समारोहबा बीच पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहका सभापति सिटी क्लब अफ धनगढीका अध्यक्ष प्रेमराज ओझा, प्रमुख अतिथि व्यवसायी गोपाल हमाल, विशिष्ठ अतिथि सशस्त्र प्रहरी बलका सई किशन सिहं टेर लगायतले विजयी खेलाडी र टीमलाई पुरस्कार वितरण गरे । 

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारा सहित यो बर्षदेखि आयोजना थालिएको फुटबल प्रतियोगिता बर्षेनी आयोजना गरिने सिटी क्लब अफ धनगढीका अध्यक्ष प्रेमराज ओझाले जानकारी दिए । उनले हरेक बर्ष पुरस्कारराशी बढाउँदै लगिने पनि बताए । 

माघ १६ गते सहिद दिवसका दिनदेखि शुरु भएको प्रतियोगिता आईतबार सकिएको छ । प्रतियोगितामा २४ वटा टीमहरुको सहभागीता रहेको थियो । धनगढी नगरपालिका वडा नम्बर २ स्थित बैयाबेहडीको खेल मैदानमा फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।