क्रिकेटको शहर धनगढीमा अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भयोः मेयर ओड
2022/02/07, 6:07
 
nirp

धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले क्रिकेटको शहरमा अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भएको बताएका छन् । काग्रेंस नेतृ डा.आरजु राणा देउवाको पहलमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएसँगै मेयर ओडले आफुहरु सबैको सपना पुरा भएको प्रतिक्रिया दिएका हुन् । 

आफ्नो चुनावी घोषणपत्रमा पनि फाप्ला मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भनिएकोमा अव आएर त्यो नाराले पनि पुर्णता पाएको मेयर ओडले बताए ।  कांग्रेस नेतृ डा.आरजु राणा देउवाको पहलामा धनगढीमा मैदान र खेलग्राम बनाउने पहल भएपछि खुशी व्यक्त गर्दै अव यथार्थतमा परिणत गर्न सबैले सहयोग गर्न आवश्यक रहेको बताए । यो अभियनामा ड्रीम फाप्ला अभियानका संयोजक सुवाश शाहीको पनि सहयोग रहेको जानकारी दिए । 

काग्रेंस नेतृ डाक्टर आरजु राणाको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेका हुन । फाप्लालाई लामो समयदेखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा चलिरहेका वेला क्रिकेट मैदान मात्रै नभएर खेलग्रामका रुपमा विकास गर्ने गरी निर्माणको काम सुरु गर्ने गरी मन्त्री परिषदले निर्णय गरेको हो । डाक्टर देउवाको पहलमा गत माघ १० गतको मन्त्री परिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय भएको हो ।

सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ ।