धनगढी मेयर एलपिएलको लागि मैदान तयार हुदैं (फोटोफिचर)
2022/02/08, 11:59
 
dd

धनगढीमा आगामी फागु २ देखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको छ । धनगढी स्थित संघीय प्रहरी ईकाईको खेल मैदान तयारीको अन्तिम चरणमा पुगेको छ । 

2

3

4

5

6

धनगढी मेयर एलपीएल–६ को खेल तालिका पनि सार्वजनिक भईसकेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आसन्न संस्करणको खेल तालिका सार्वजनिक गर्दै तयारीलाई तिव्र बनाएको हो । मैदान निर्माणको काम ९० प्रतिशत सकिएको आयोजकले जनाएको छ । 

7

8

9

10

प्रकाशित खेल तालिका अनुसार सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

11

12

13

समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन् । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले आफ्नो समूहमा लिग चरणका ४ वटा खेल खेल्न पाउने छन् ।

14

15

16

लिग चरणका ४ खेल पश्चात् समूह विजेता र उप विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । १४ गते फाइनल खेल हुने प्रतियोगिताका संयोजक भुपी सिंह धामीले जानकारी दिए । छैटौँ संस्करणको तयारी अन्तिम चरणमा भइरहेको धामीको भनाई छ । खेल मैदान निर्माणको काम लगभग सकिएको आयोजक लिटल फ्लावर स्पोर्ट्न एण्ड इभेन्ट्का अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छ ।

17

18

19

20