धनगढीको ९ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उदघाटन
2022/02/11, 3:03
 
11

धनगढी उपमहानगरपालिकाको ९ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ । उपमहानगरपालिकाको बंगराकटानमा ग्यालेरी सहितको ६ कोठे भवनको उदघाटन गरिएको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड, उपमेयर सुशिला मिश्र भट्ट र वडा अध्यक्ष प्रेम बहादुर भण्डारीले संयुक्त रुपमा भवनको उदघाटन गरेका हुन । भवनको उदघाटन गर्दै उपमेयर भट्टले वडा कार्यालयले अब सम्पुर्ण काम एउटै छानामुनिबाट गर्ने बताइन ।

2

उनले सम्पुर्ण वडा बासिलाई वडा कार्यालयले गर्ने कामको निगरानी समेत राख्न अनुरोध गरिन । "वडा कार्यालयले के कस्को सेवा, कसरी दिई राखेको छ, त्यसको निगरानी यहाँहरुले समेत गर्नु पर्छ ।" उपमेयर भट्टले बताइन । त्यस्तै भवन उदघाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वडले आफू निर्वाचित भएर आइसकेपछि सम्पुर्ण वडालाई सम्पन्न बनाउने निति अनुरुप काम भैरहेको बताए ।

उनले उपमहानगरपालिकाका सबै १९ वटै वडामा आफ्नै भवन, खानेपानी, स्वास्थ्य कार्यालय लगायत संरचना निर्माण गरि सम्पुर्ण वडाबासीलाई सेवा दिई रहेको समेत बताए । भ्याट सहित ८३ लाख रुपैयामा न्यु सहारा कन्स्ट्रक्सनले उक्त भवनको निर्माण गरेको हो ।