टावर बत्तीमा लगाइएको झण्डात्तोलन
2022/02/21, 3:32
 
dd

कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्स रोडको टावर बत्तीमा राखिएको झण्डात्तोलन गरिएको छ । प्रदेश प्रमुख देशवराज जोशीले आज एक समारोहकाबीच झण्डात्तोलन गरेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले करिब २ लाख ७५ हजार रुपैयाँ लगानीमा सो टावर बत्ती निर्माण गरेको हो । टावर बत्तीमा नेपाली झण्डा राखिएको छ । साढे १७ मिटर अग्लो टावर बत्तीले क्याम्पस रोड क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नमा मदत पुग्ने वडा अध्यक्ष नारायण बरालले बताए ।

सो बत्तीको टावरमा सुरुमा क्याम्पस चौक लेखिएको थियो । तर, थारु समुदायले अगुवाले गुरही चौक लेखिनु पर्ने अडान राखेका छन् । सो चौकमा केही वर्षयता गुरही पर्व मनाउँदै आएका कारण गुरही चौक नामाकरण गरिएको थियो ।

उनीहरुले क्याम्पस चौक नलेखि गुरही चौक नाम लेख्नु पर्ने अडान राखेपछि टावरमा क्याम्पस रोड लेखिएको छ ।गुरही चौक नाम राखिएमा साँस्कृतिक सम्मान हुनुका साथै पर्यटक आकर्षण गर्नमा सहयोग पुग्ने थारु बुद्धिजिवी प्रभातकुमार चौधरीको भनाइ छ ।