सांस्कृतिक हिंसा कुरुति र रुढीवादी प्रथाले पारेको प्रभाव बारे सचेतना
2022/02/22, 5:03
 
aa

सांस्कृतिक हिंसा कुरुति र रुढीवादी प्रथाले पारेको प्रभाव बारे सचेतना दिईएको छ । धनगढी उपमहानगरपालिकाको स्थानीय न्यायिक समितिको आयोजनामा दलित महिलाहरुलाई सचेतना दिईएको हो । 

1

दलित समुदायका महिलाहरुलाई सांस्कृतिक हिंसा कुरुति र रुढीवादी प्रथाले पारेको प्रभावको बारेमा जानकारी दिईएको छ । उनीहरुलाई वालविवाह वहुविवाह महिलावारी लगायतका विषयमा पनि जानकारी दिईएको छ ।

2

धनगढी उपमहानगरपालिकाका उपमेयर तथा स्थानीय न्यायिक समितिका संयोजक शुशिला मिश्र भट्टले कार्यक्रममा सहभागीहरुलाई सांस्कृतिक हिंसा कुरुति र रुढीवादी प्रथाले पारेको प्रभाव। त्यसले पारिरहेको समस्या र वर्तमान अवस्थाको बारेमा जानकारी दिईन् । कार्यक्रममा कानुन अधिकृत खडक सिंह कुन्जेडाले पनि सहभागीलाई जानकारी दिए ।

3

कार्यक्रमको सञ्चालन तेजु जोशीले गरेकी थिईन् । उपमहानगरपालिकाका उपमेयर तथा स्थानीय न्यायिक समितिका संयोजक शुशिला मिश्र भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओड रहेका थिए ।