धनगढी जेसिजद्धारा शैक्षिक सामाग्री प्रदान
2022/02/23, 5:42
 
ss

धनगढी जेसिज र धनगढी जुनियर जेसिजले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री  सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पार्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक शुभ ठाकुरले जानकारी दिए । 

3

विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई कपी, पेन्सिल, ईलेजर, कटर र मास्क लगायतका सामाग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हो । 

धनगढी जेसिजका अध्यक्ष भुवन पाण्डेय, कार्यक्रमका संयोजक शुभ ठाकुर सहित धनगढी जुनियर जेसिजका अध्यक्ष निराजन जोशी, धनगढी जेसिजका उपाध्यक्ष नरवहादुर नेगी, धनगढी जेसिजका सहसचिव सन्तोष पन्त, विद्यालयका सह प्राधानाध्यापक कल्पना शाह लगायतका सहभागीता रहेको थियो ।