जनताको गुनासो सुन्न धनगढी उपमहानगरपालिकाले ल्यायो ‘नमस्ते मेयर’ मोबाइल एप
2022/02/25, 9:01
 
dd

जनताका गुनासो प्रत्यक्ष समेट्न लागि धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर’ मोबाइल एपको शुभारम्भ गरिएको छ ।युएनडीपीको सस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजना अन्तर्गत संचालित कार्यक्रम अन्तर्गत मोबाइल एपको धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सह(सचीव फणीन्द्र गौतमले संयुक्त रुपमा सार्बजनिक गरेका छन ।

लोगो सार्बजनिक गर्दै सह सचीव गौतमले एपको प्रभावकारीबारे आम नागरिकलाई ढुक्क हुनेगरी काम गर्नु आजको आवश्यकता भएको बताए । उनले गुनासो सुन्ने मात्रै नभएर गुनासोको सुनवाइ समेत गर्न आग्रह गरे ।

धनगढी उपमहानगरपालिकाका मेयर वडले एप मार्फत उपमहानगरपालिकाका सम्पुर्ण जानकारी लिन सकिने बताए । उनले आम नागरिकलाई जायज गुनासा, सल्लाह र सुझाव दिन आग्रह गरे ।जन चाहना अनुरुप आएका जायज गुनासाहरुलाई तत्काल समाधान गर्ने तर्फ उपमहानगरपालिका सदैव तयार अवस्थामा रहेको मेयर वडके बताए ।कार्यक्रममा मेयर वडले उपमहानगरपालिकाले सम्बोधन गर्न नसक्ने कामका लागि प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर सम्बोधन गरिने बताए ।लोगो सार्बजनिक संगै हस्ताक्षरित सम्झौता पत्र समेत आदानप्रदान गरिएको थियो । सार्बजनिक गरिएको एप छिट्टै प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ ।

के छ एपमा ?

नगर भित्रका समस्या र गुनासाका साथै उपनगरपालिकाले दिइने सेवा सुबिधाका बारेमा समेत जानकारी लिन सकिने छ ।
त्यस्तै एप मार्फत गुनासो गर्ने ब्यक्तिको गोपनियता समेत रहने यो एपमा गुनासो गर्ने ब्यक्तिको तत्काल सम्बन्धित फाटमा र्पुयाएर सम्बोधन गरिने छ ।