
दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए ।

१० पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक÷एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54