कोभिड-१९ खोपको चौथो डोज लगाउने तयारी
2022/03/14, 12:55
 
dd

अहिले विश्वको ध्यान रुस-युक्रेनयुद्धतर्फ गएको छ । विश्वका सबै जसो देशमा अहिले कोरोना भाइरसको संक्रमण अर्थात् कोभिड-१९ अहिले घटेको देखिएको छ । यसबीच इङ्गल्याण्ड र अमेरिकालगायतका देशहरूले कोभिड-१९को चौथो डोज लगाउने बारे तयारी गर्न थालेका छन् ।

तर, रोग प्रतिरोधात्मक क्षमता घटेको प्रमाणका कारण वृद्ध मानिसहरूलाई कोभिड१९विरुद्धको खोपको चौथो डोज दिनेबारे सोच्न वैज्ञानिकहरूले आग्रह गरेका छन् ।

इङ्गल्याण्डका स्वास्थ्य मन्त्री साजिद जाविदले गत महिना कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू, केयर होमका बासिन्दाहरू र कम्तीमा ७५ वर्ष उमेरका सबैलाई अप्रिलमा खोपको चौथो डोज प्रस्ताव गरिने बताएका थिए ।

यसबीच कोभिड-१९ महामारीको अर्को लहरलाई रोक्न मद्दत गर्न मानिसहरूलाई खोपको चौथो डोज चाहिने खोप उत्पादक कम्पनी फाइजरका सिइओ अल्बर्ट बोर्लाले आइतबार सीबीएसलाई भनेका छन् ।

उनले तेस्रो डोजबाट प्राप्त गरेको सुरक्षाले अस्पताल भर्ना र मृत्यु दर घटाउन मद्दत गरेको समेत बताएका छन् । उनले अब, चौथो डोज आवश्यक भएको बताएका छन् । यस्तै फाइजरले सबै प्रकारहरू भेरियन्टहरु विरुद्ध काम गर्ने किसिमको खोप बनाइरहेको समेत उनले बताएका छन् ।