कैलाली अस्पतालले जिल्लाका सम्पुर्ण ट्राफिक प्रहरीको निःशुुल्क मुटुको चेकजाँच गर्ने
2022/07/10, 3:29
 
aa

कैलालीको धनगढीमा रहेको कैलाली अस्पताल प्रा.लीले कैलाली जिल्लाका ट्राफिक प्रहरीलाई निःशुुल्क मुटुको चेक जाँच गर्ने भएको छ । लामो समय देखी सेवा दिदै आईरहेको कैलाली हस्पिटल प्रा.लि.ले  सुदुरपश्चिम प्रदेशमा पहिलो पटक अस्पतालले कैलालीका सम्पुर्ण ट्राफिक प्रहरीलाइ निशुल्क मुटुरोग परिक्षण सेवा सुरु गरेको हो। कैलाली हस्पिटल प्रा.लिका प्रवन्ध निर्देशक जनकराज जोशीले असार २५ गते देखी साउन ५ गते सम्मकालागी निशुल्क मुटुरोग परिक्षण सेवा प्रदान गरिएको जानकारी दिएका छन्।

उनले भने, पहिलोदिन शनिवार १६ जना भन्दाबढी ट्राफिक प्रहरिले निःशुल्क मुटुको चेक जाँच सेवा लिएका छन्। उनले भने, अस्पतालले सामाजिक उत्तरदायीत्व अन्तरगत यो सेवा प्रदान गरिएको बताए। स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा आफु र अस्पताल टिमले केही न केही गर्नुपर्छ भन्ने सेवा भावना अनुरुप यो कार्य गरिएको उनको भनाई छ। साथै उनले ट्राफिक प्रहरीमा पेशागत जोखीम भएकोले पनी धुलो, धुवाले गर्दा बढी मुटुको समस्या देखीने सम्भावना भएकोले कैलाली हस्पिटलले यो सेवा निः शुल्क दिने योजना बनाएको कैलाली अस्पताल प्रा.लीका प्रबन्ध निर्देशक जोशीले बताए ।

उक्त मुटु परिक्षण बरिष्ट मुटुरोग विशेषज्ञ सिनीयर कन्सल्टेन्ट कार्डियोलोजिष्ट डाक्टर राजेश पन्जियार गरीरहेका छन्। कैलाली जिल्लामा कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गरीने बताउँदै अस्पतालको उद्देश्य मुटु सम्बन्धी सम्पूर्ण सेवा निशुुल्क दिईने प्रबन्ध निर्देशक जोशीले जानकारी दिए।

पहिलो दिन मुटु चेकजाँच परिक्षण गर्न आएका प्रदेश ट्राफिक प्रहरी कार्यालयका र ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका प्रहरीहरुले मुटु जस्तो सम्बेदनशील अंगको नि:शुल्क चेकजाँच गर्न पाउँदा आफुहरु खुसी भएको बताएका छन् । उनीहरुले यस्तो कार्यले ट्राफिक प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाईने भएकाले उदाहरणीय कार्य गरेको भन्दै अस्पताल टिम र निर्देशक जोशीलाई धन्यवाद ब्यक्त गरेका छन् । यस कार्यक्रमलाई सफलपार्नलाई प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख , कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलाली संग समन्वय गरीएको छ। १३ दिन सम्म चल्ने निशुल्क शिविर कैलाली हस्पटिलको आफ्नै भवनमा अपरान्त ४ बजे देखी संचालन गरीने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताएका छन्।