लम्कीचुहा नगरपालिकाका शिक्षक तलब नपाउँदा आन्दोलित
2022/07/13, 12:12
 
ss

कैलालीको लम्कीचुहा नगरपालिका शिक्षकले तलब नपाएपछि शिक्षक कर्मचारी आन्दोलित भएका छन् । पछिल्लो चौमासिक तलब भत्ता समयमै निकासा गर्न नसकेको भन्दै शिक्षक कर्मचारीले नगरपालिकाको कामप्रति असन्तुष्टि जनाएका छन् ।

नगरपालिकाबाट पाउनुपर्ने अनुदान शिक्षकको तलब र अंग्रेजी, गणित र विज्ञान विषयका लागि छुटइएको शिक्षण अनुदान रकम बाहेक अन्य सबै शिक्षक, बालविकास र कर्मचरीको रकम निकासा नभएको र चाँडै स्रोत जुटाएर रकम व्यवस्थापन गरिने लम्कीचुहा नगरपालिका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले बताए । असार २५ गते भित्र निकासा भैसक्नुपर्ने रकम निकासा नहुँदा समस्या सृजना भएको न्यौपानेले बताए । समस्या समाधानका लागि पहल भैरहेको बताए ।

शिक्षकको तलब समयमै निकासा नगरी शिक्षक प्रति अन्यायपूर्ण भएको भन्दै यथाशिघ्र तलब भुक्तानी गर्न शिक्षक महासंघ लम्कीचुहाले एक विज्ञप्ती निकाल्दै नगरपालिका लाई बुझाएको छ ।महासंघले २४ घण्टाभित्र तलब भुक्तानी नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शिक्षक महासंघ लम्कीचुहा नगरपालिकाका अध्यक्ष राम प्रसाद तिमिल्सेनाले लम्किचुहा शिक्षक महासंघ, पालिकाका सामुदायिक बिद्यालयका प्रधानाध्यापक, शिक्षक संघ संगठन र शिक्षक कर्मचारिको संयुक्त उपस्थितिमा प्रेस विज्ञप्ती सहित तत्काल तलब भत्ता निकासा गर्न दबाब दिइएको बताए । लम्किचुहा नगरपालिकामा आफ्नो पारिश्रमिकका लागि शिक्षकले सधैं आन्दोलन र दबाब दिनुपर्ने बाध्यता रहेको शिक्षकको गुनासो छ ।