डोटीका धरणिधर भट्ट कैलाली बहुमुखी क्याम्पसबाट बने ‘टियु टपर’
2022/08/11, 12:58
 
aa

त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्ट सर्वोत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३।९८ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।

डोटीको शिखर नगरपालिका १ कपल्लेकी घर भएका भट्ट त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३.९६ जिपिए ल्याएर ‘टियु सेकेन्ड टपर’ बनेका थिए । बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३.९८ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।

भट्टले माध्यामिक शिक्षा डोटीको शिखर नगरपालिका स्थित केदारेश्वर माध्यामिक विद्यालयबाट पढाई हासिल गरेका थिए ।  पछि उनी धनगढीमा अंकलको घरमा बसेर +२ र स्नातक तह कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् ।