टीकापुर अस्पतालमा थप पाँच जनामा डेँगु देखियो
2022/09/07, 3:13
 
khabarkunj

कैलालीको टीकापुर अस्पतालमा थप पाँच जनामा डेँगु देखिएको छ। यो संख्या पछिल्लो एकसातामा मात्रै थपिएको हो।डेँगुका बिरामीमा चार जना टीकापुर नगरपालिका र एक जना लम्कीचुहा नगरपालिकाका रहेका छन्। उनीहरुको उपचार भैरहेको सह व्यवस्थापक उपेन्द्र शाहले जानकारी दिए।  

पछिल्लो केही दिन यता अस्पतालमा डेँगुका बिरामीको संख्या ह्वात्तै बढेको छ। अझै कतिपय बिरामीहरु उपचारका लागि अस्पताल नपुगेकाले यो संख्या धेरै हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन्।  

कतिपय बिरामी भने भरपर्दो उपचारका लागि नेपालगञ्ज लगायतका ठाउँमा गएका छन्। उनीहरुको आधिकारिक रेकर्ड टीकापुर नगरपालिकामा नरहेको बताईन्छ। केही व्यक्तिहरु स्वास्थ्य समस्या गम्भिर भएपछि उपचारका लागि नेपालगञ्ज पुगेको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

यसअघि टीकापुर अस्पतालमा नौ जनामा डेँगु देखिएको थियो। यो संख्या साउन १ गतेदेखी भदौ १६ गतेसम्मको हो। नौ जना मध्ये टीकापुर नगरपालिकाका ३ जना, जोशीपुर गाउँपालिकाका २ जना र जानकी गाउँपालिकाका ४ जना रहेका छन्। उनीहरु मध्ये धेरैजसो उपचार पछि घर फर्किएका छन्।