धनगढीमा अवैध संरचना हटाउन डोजर चलाइयो 
2022/09/12, 9:16
 
ss

धनगढी- सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा अवैध संरचना हटाउने अभियान थालिएको छ।

सोमबार उपमहानगरको वडा नम्बर–५ ले सडक आसपास रहेका अवैध संरचनामा डोजर चलाएको छ। धनगढीस्थित यातायात कार्यालय रहेको सडक पेटीमा बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको बताइएको छ। 

वडा कार्यालयले संरचना हटाउन ७ दिने सूचना निकालेको थियो। तर, अटेरी गरिएपछि डोजर चलाइएको हो। यातायात कार्यालय अगाडिको सडक पेटीमा अस्थायी खोका, छाप्रा लगायतका संरचना बनाइएका थिए।