नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको सुदूरपश्चिम अध्यक्षमा अधिकारी
2022/09/21, 1:24
 
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको सुदूरपश्चिम अध्यक्षमा अधिकारी

कैलाली - नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको सुदूरपश्चिम अध्यक्षतामा आत्मा राम अधिकारी चयन भएका छन् । सोमबार धनगढी स्थित कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा सम्पन्न प्रथम प्रदेश भेलाबाट अधिकारीको अध्यक्षतामा २२ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरिएको हो । 

सङ्गठनको उपाध्यक्षमा करन सिंह साउद, सचिवमा प्रकाश चन्द्र बडू, सहसचिवमा यूव राज जोशी र कोषाध्यक्षमा जानु चौधरी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा सुरेश कुमार हमाल, आत्मा राम खतिवडा, भीम बहादुर विष्ट, हरि सिंह साउद, परमानन्द अर्याल, विर्केश बहादुर थापा, गङ्गा प्रसाद रिजाल, पदम सिंह धामी, लक्ष्मी राज जोशी, हर्ष बहादुर चन्द, सुरेन्द्र बहादुर बम, रमेश कुमार साउद, टिका राम खरेल, जयन्ती जोशी (पन्त), यम बहादुर पौडेल र चन्द्र प्रकाश पोख्रेल निर्वाचित भएका छन् । 

त्यस अघि आयोजना गरिएको भेलाको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले गर्नुभएको थियो । उक्त उद्घाटन सत्रको अध्यक्षता सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज मान बहादुर जोराले गर्नु भएको थियो ।