कैलाली क्षेत्र नम्बर ४ बाट ५ जनाको उम्मेदवारी फिर्ता
2022/10/12, 5:50
 
कैलाली क्षेत्र नम्बर ४ बाट ५ जनाको उम्मेदवारी फिर्ता

कैलाली-कैलालीको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका ५ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि आईतबार उम्मेदवारी दिएका उम्मेदवारले आज तोकिएको समयभित्र ५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन। जस अनुसार निर्वाचन आयोगले बुधबार दिउँसो १ बजे सम्म तोकेको थियो।

उम्मेदवारी फिर्ता लिनेमा प्रदेश सभाका ५ जना उम्मेदवार छन। उनीहरुले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। जसमा कैलालीको क्षेत्र नम्बर ४ ‘क’ बाट उम्मेदवारी दिएका राजेन्द्र प्रसाद जोशी, खुशीराम चौधरी, टेक बहादुर देउवा र तुलाराम सापकोटा रहेका छन । त्यस्तै क्षेत्र ‘ख’ बाट टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन । उनले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि १० र प्रदेश सभाका लागि १९ गरी २९ जनाले उम्मेदवारी गर्दा गराएका थिए। ५ जना प्रदेश सभाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसंगै यो क्षेत्रबाट ३ पदका लागि चुनाव लड्नेको संख्या २४ पुगेको छ।