काठमाडौँबाट धनगढी उड्न लागेका भारतीय नागरिकको झोलामा साढे १० लाख, प्रहरी नियन्त्रणमा
2022/10/14, 3:51
धनगढी - स्रोत नखुलेको रकम सहित प्रहरीले विमानस्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँ सहित भारतीय नागरिक ५० वर्षीय मोहद तसलिमलाई प्रहरीले पक्राउ गरेको हो ।
बुद्ध एयरको उडानबाट काठमाडौँदेखि धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलको आन्तरिक उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नेपाली रुपैयाँ १ हजार दरको ८ सय १६ थान र ५ सय दरको ५ सय ८ थान गरी उक्त नगद फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई आवश्यक अनुसन्धान लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2021/07/22, 5:04
2022/04/14, 2:04
2020/05/17, 11:35
2020/09/16, 7:54
2023/06/18, 5:56