सुदूरपश्चिम प्रदेश राजधानी देखी गेटा मेडिकल कलेज चुनावी एजेण्डा बनाउदै नेता
2022/10/16, 2:45
 
सुदूरपश्चिम प्रदेश राजधानी देखी गेटा मेडिकल कलेज चुनावी एजेण्डा बनाउदै नेता

कैलाली- मसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागी सुदुरपश्चिमका नेताहरु बिभिन्न चुनावी एजेण्डा बनाएर भोट माग्न थालेका छन् । जनतामाझ बर्षौँ देखी त्यही पुरानै चुनावी एजेण्डा बनाएर लगेका उनीहरुले पुनः जनतालाई त्यही प्रलोभन देखाएर झुक्याउने कसरतमा आफ्नो भोट माग्न बेस्त भएका छन्। अहिले सुदुरपश्चिमका प्रमुख राजनितीक दलका नेताहरुसँग भोट माग्न कुनै नयाँ नारा नै छैनन्।

चुनावी माहोल तातितै जाँदा फेरि एकपटक प्रदेशको राजधानीको विषयमा फरक-फरक धाराणा बनाउँदै मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू लागिपरेका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी, गेटा मेडिकल कलेज, खुटिया दिपायल फास्टट्राक सडक लगायत अस्पताल स्तरोउन्नतीका नारासहित बिभिन्न चुनावी एजेण्डा बनाएर भोट माग्न थालेका छन् । चार वर्षअघि राजधानी तोकेको प्रदेश सरकारले हालसम्म पनि राजधानी गोदावरी बनेको छ नत तोकिएको स्थानमा कुनै संरचना बनाएको छैन् ।

विस २०७५ असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरी वडा नम्बर २ र ३ मा पर्ने तेघरीमा राख्ने निर्णय बहुमतले पारित गरेको थियो ।जधानी तोकेकै कारण सुरुदेखि नै वन क्षेत्रमा राजधानी विवादमा रहेको थियो । त्यसपछि वन क्षेत्र भोकाधिकार नपाउदा प्रत्येक वर्ष छुट्ट्याइँदै आएको बजेट समेत फ्रिज हुँदै आएको छ । त्यतिबेला नै सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा अहिलेका प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले आपत्ति जनाएका थिए । उनले प्रदेशको राजधानी गोदावरीमा उपयुक्त नभएको भन्दै विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए र केही समय आन्दोलन समेत भएको थियो। यस्तै

देउवाले केही महिना अघि डडेल्धुरामा प्रदेश राजधानी डडेल्धुरा बनाउने बताएका थिए। यस्तै प्रधानमन्त्री देउवाको प्रतिनिधि बनेर प्रतिनिधि सभाको मनोनयन गर्न डडेल्धुरा पुगेकी डाक्टर आरजु राणा देउवाले समेत राजधानी डडेल्धुरा बनाइने बताएकी थिइन् । यस्तै कैलाली क्षेत्रनम्बर ४ बाट नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवार भएका छन् । उनले प्रधानमन्त्री लगायत नेपाली काँग्रेसका नेताहरूले प्रदेशको राजधानीलाई पहाड लग्नुपर्ने कुरा गलत र यहाँका जनताको अपमान भएको बताएका छन्। उनले पहिले देखि नै राजधानी गोदावरी राखेकोमा सहमति जनाएका थिए।

उनले सहमति जनाएपनी काम नगरेको भन्दै आलोचित हुँदै आएका छन् । तर उनले अहिले जनता सामु हाम्रो एमालेको सरकार आउने भन्दै भोट माग्न थालेका छन् । उनले जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्त्वपूर्ण भूमिका रहने बताए । यस्तै नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायर डोटीबाट तराई झरेका छन् । उनी कैलाली क्षेत्र नम्बर ४ बाटै उम्मेदवार छन् । सुरुमा डोटीमा रहदा प्रदेशको राजधानी डोटीनै हुनुपर्नेए बताएका थिए । डोटी छदाँ निकै कडा रुपमा प्रस्तुत हुने बलायर अहिले आएर राजधानी पहाड लगिनु हुँदैन भन्न थालेका छन्।नेता बलायरले भने,त्यसबेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो, मेरो ठाउँमा अरु जोसुकै भएको भए पनि भन्थे। यसको लागी लाज मान्नुपर्ने केही कुरा छैन उनले भने । एमालेका नेता भट्टसँग गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रतिस्पर्धामा रहेका बलायर अहिले आएर जनताको भोट आफूतिर आकर्षित गर्न राजधानी गोदावरी मै हुनुपर्ने भन्दै राजधानीको मुद्दा जोडतोडले उठाइरहेका छन्।

यस्तै यता ६ अर्ब भन्दा बढी लगानीमा निर्माण भएको कैलालीको गेटा मेडिकल कलेज अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । ६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २७ वटा अत्याधुनिक भवनहरू तयार भइसकेका छन् । सुदूरपश्चिम जन्मथलो भएका प्रधानमन्त्री शेरबहादुर देउवा गेटालाई मेडिकल कलेजका रूपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि गेटा मेडिकल कलेज र डडेल्धुरामा सञ्चालन गरिने मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयको सम्बन्धनमा सञ्चालनमा ल्याइने उल्लेख गरिएको थियो। देउवाले केही महिना भित्रै सञ्चालनमा ल्याउने बताएका थिए । तर अहिलेसम्म कुनै मुर्त रुप लिएको छ नत कुन रुपमा लैजाने भन्ने योजना नै बनेको छ, कुनै कार्य अघि बढेको छैन् । केवल यस्को प्रचार मात्रै गरियो । यस्तै कैलाली–५ बाट उम्मेदवार एमाले सांसद नारदमुनि रानाले पनि सरकारले सुदूरपश्चिमलाई क्षतिपूर्ति दिन पनि गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने बताएका थिए। उनले भने, ‘पूर्वाधारको कुनै कमी छैन,’ रानाले भने, ‘आवश्यकता छ त केवल सरकारी इच्छाशक्ति भएको बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेस सभाको चुनाव नजिकीए संगै दलका नेता अहिले चुनावी ऐजेण्डा बनाएर जनता माझ गइरहेका छन् । बिभिन्न नारासहित नेताहरु भोटमाग्न बेस्त भैरहेका छन् ।