धनगढी- धनगढी उपमहानगरपालीका १९ फुलबारीस्थीत एउटा क्लिनिकमा चोरी भएको छ । धनगढी–१९ फुलबारी आई गाउंस्थित नबदुर्गा चोकमा रहेको अप्सरा क्लिनिकमा चोरी भएको संचालक भागीराम चौधरीले बताए ।
गएराती मेडिकलको माथिल्लो तल्लामा सुतिरहेको समयमा चोरी भएको उनले बताए । उनका अनुसार क्लिनिकमा पछाडीको ढोकाको चुक्कुल काटेर चोरहरु भित्र प्रबेश गरी लाखौंको सामान तथा नगद लगेका छन् । मध्यरातमा क्लिनिक भित्र प्रबेश गरेका चोरहरुले ल्याप्टप, दुई मोबाइल, आधा तोला बराबरका सुनका गरगहना, चांदिका चार ओटा बाला साथै मेडिकलको काउण्टरमा राखेको नगद एक लाख रुपिंया चोरेर लगेको छ उनले भने ।
यस्तै गएराति नै सोही ठाउंबाट करिब ५ सय मिटर टाढा एउटा घरमा समेत चोरी भएको छ। आई गाउं दशकट्टा स्थित कोइली बिकको घरमा चोेरी भएको स्थानीय प्रबिन बिकले बताए। रातिको समयमा घर भित्र प्रबेश गरी गरगहना, मोबाइल लगायत अन्य सामान लगेको उनले बताए । ईलाका प्रहरी कार्यालय बहुलीयाका इन्चार्ज गोपाल कार्कीले घटना भएको थाह पाउने बित्तिकै प्रहरी पुगेर मुचुल्का तयार गरी जिप्रका पठाएको बताए । उनले घटनाका बारेमा अनुसन्धान र चोरीमा संलग्नहरुलाई खोजी कार्य भैरहेको बताएका छन्।