कैलालीका ३ क्षेत्रमा गठबन्धन र एमालेलाई नागरिक उन्मुक्तिको चुनौती, जोगिएला रेसमको विरासत ?
2022/10/19, 12:41
 
कैलालीका ३ क्षेत्रमा गठबन्धन र एमालेलाई नागरिक उन्मुक्तिको चुनौती, जोगिएला रेसमको विरासत ?

कैलाली - मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचन निकै प्रतिस्पर्धी हुने भएको छ । एकातिर सत्ता गठबन्धन, एमाले लगायतका बिभिन्न राजनितीक दल तथा स्वतन्त्रबिच निर्वाचन निकै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ। बिशेषत अहिले निर्वाचनको मिती नजिकिएसँगै उम्मेदवारहरु भोट माग्न प्रचार प्रसार तथा घरदैलो अभियान गरी भोट माग्न बेस्त देखीएका छन् ।

यता कैलालीमा पनी प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचन पनी प्रतिस्पर्धी हुने भएको हो । छोटो समयमै जन्मीएको नागरिक उन्मुक्ती पार्टि पनी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सहभागी भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा बलियो जनाधार रहेको सो पार्टि रहेको छ ।  प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सत्ता गठबन्धन र विपक्षी एमालेसहित उक्त पार्टि बिच निर्वाचन निकै प्रतिस्पर्धी हुने भएको हो । यता सत्ता गठबन्धन र विपक्षी एमालेका उम्मेदवारले समेत आफ्नो प्रतिस्पर्धामा नागरिक उन्मुक्ति रहेको बताएका छन् । उन्मुक्ति पार्टीले समेत आफ्नो जितको बलियो आधार उक्त ३ वटै निर्वाचन क्षेत्रलाई मानेको छ ।उन्मुक्ति पार्टीले निर्वाचन क्षेत्र १ मा अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनाएको छ।

रेशम चौधरी २०७४ मा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । उनी आफ्नै श्रीमानको निर्वाचन क्षेत्रबाट चुनाव लडेकी छन् । रेशमले २०७४ मा प्रतिनिधिसभा सदस्य पदमा ठूलो मतान्तरका साथ विजयी भएका थिए । टीकापुर हिंसात्मक घटनाको जिल्ला अदालतबाट जन्मकैदको फैसला सुनाइएका चौधरी प्रतिनिधिसभा सदस्य पदमा ठूलो मतान्तरका साथ विजयी भएका थिए । गएको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दासमेत अध्यक्ष श्रेष्ठ आफू जित्नेमा ढुक्क भएको बताएकी छन् ।

यस्तैनिर्वाचन क्षेत्र १ को सबैभन्दा बढी मतदाता रहेको टीकापुरको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन थियो । स्थानीय तह निर्वाचनमा उन्मुक्ति पार्टीको मत सत्ता गठबन्धनको भन्दा बढी छैन । आगामी प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट कांग्रेसका थारू नेता रामजनम चौधरीलाई उम्मेदवार बनाइएको छ । उनी २०७४ मा क्षेत्र नम्बर ३ बाट तत्कालीन लोकतान्त्रिक फोरमबाट चुनाव जितेका थिए । थारू समुदायका धेरै मत विभाजन गर्न सक्ने आधारमै गठबन्धनले रामजनमलाई टिकट दिएको बताएको छ । स्वयं आफू जित्ने दाबी गरिरहेका रामजनम चौधरीले नागरिक उन्मुक्तिको थारू सेन्टिमेन्टको राजनीति गरिरहेको बताए । आफ्नो हकमा थारू सेन्टिमेन्टको राजनीति सफल हुने नभएको बताए । यस्तै एमालेले तपेन्द्रबहादुर रावललाई प्रतिनिधिसभाको प्रतिस्पर्धामा उतारेको छ ।

टीकापुर क्षेत्रमा थारू समुदायको ४० प्रतिशत र अन्यको ६० प्रतिशत मत छ । प्रदेशसभातर्फ गठबन्धनबाट निर्वाचन क्षेत्र १ को प्रदेशसभा (१) बाट आन्तरिक मामिलामन्त्री डा. रणबहादुर कांग्रेसबाट र निर्वाचन क्षेत्र १ को प्रदेशसभा (२ )बाट माओवादीका दीर्घराज बिनाडी छन् । गठबन्धनले प्रतिनिधिमा थारू र प्रदेशमा पहाडीलाई उम्मेदवार बनाएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टी प्रतिस्पर्धाको नजिक भएको छ । तरपनि जित्ने बलियो आधार कम छ तर चुनौती भने थपेको छ । त्यो कुरा भने निर्वाचनको मत परिणामले देखाउने छ। कारण स्थानीय तहको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा पर्ने लम्की चुहा नगरपालिका मेयरमा गठबन्धनबाट कांग्रेसकी सुशीला शाही र बर्दगोरिया गाउँपालिकामा अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर जितेका थिए । यस्तै लम्की चुहाको उपमेयरमा एमाले र बर्दगोरियाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जितेका थिए ।

यता निर्वाचन क्षेत्र २ मा कांग्रेस माओवादी र एमाले ठूलो पार्टीकै मत बढी भए पनि कांग्रेस र एमालेबाट विद्रोह गरेका नेतालाई उन्मुक्ति पार्टीले उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा कांग्रेस छोडेर गएका अरुण चौधरीलाई उन्मुक्ति पार्टीले उम्मेदवार बनाएको छ । प्रदेशसभामा एमालेका पूर्वजिल्ला अध्यक्ष रतन थापालाई उम्मेदवार बनाएको छ । यहाँ गठबन्धनबाट माओवादीका भगतबहादुर बडुवाल र एमालेका झपटबहादुर रावल उम्मेदवार छन् ।क्षेत्र नम्बर ३ मा पनि गठबन्धन, एमालेका लागि नागरिक उन्मुक्ति पार्टी भारी देखिएको छ । गठबन्धनबाट माओवादीका कृष्णबहादुर चौधरी प्रतिनिधिसभामा उम्मेदवार छन् । उनी पूर्वसंविधानसभाका सदस्य पनि हुन् । उक्त क्षेत्रबाट उनी संविधानसभाबाट निर्वाचित भएका थिए । माओवादीले २०६४ देखि लगातार चुनाव जित्दै आएको कैलालीको क्षेत्र नम्बर ३ नै हो । नागरिक उन्मुक्तिबाट गंगाबहादुर चौधरी प्रतिनिधिसभाका उम्मेदवार छन् । निवर्तमान सांसद गौरीशंकर चौधरी एमालेबाट उम्मेदवार छन् । जस कारण पनी कैलालीका ३ वटा निर्वाचन क्षेत्र गठबन्धन र एमालेलाई चुनौती बन्ने देखीएको छ ।