साहसी चालकः ‘जसले कोरोना संक्रमितको शव व्यवस्थापन गरे’
2020/06/27, 11:10
 
korona

विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयम् चिकित्सक नै त्रसित छन् । त्यसमा पनि कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएकाहरुको शव छुन जो कोहीले चाहदैनन्, सक्दैनन् र आँट गर्दैनन पनि । कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तीको परिवारले शव छुन नपाउने कानुनी कार्य व्यवस्था छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापन सम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरिएको हो ।

b

b
तर गत जेठ ३ गते साँझ कोरोनाका कारण सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कोरोनाका कारण कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का वसचालक तथा व्यवसायी ४६ बर्षीय पुरुषको मृत्यु भयो । तीन गते साँझ उनको मृत्यु भएपनि ४ गते उनको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्नुपर्ने थियो । मृत्यु भएका पुरुषको शव परिवारले उठाउन नपाएपछि अरुले बोक्न त के छुन समेत धेरै हिचकिचाए । कसैले पुरुषको शब बोक्न मानेन । धनगढीमा रहेका एम्बुलेन्सले शव उठाउन समेत मानेन । तर नेपाल रेडक्रस सोसाईटी कैलालीमा १७ बर्षदेखि एम्बुलेन्स चलाउँदै आएका देवीलल ओझा तयार भए । उनले उचित स्वास्थ्थ सर्तकता सहित व्यवस्थित ढंगले शवलाई मोहना आर्यघाटसम्म पुर्याए । सुदुरपश्चिममा अस्पतालबाट आर्यघाटसम्म पुराउने काम गरेसँगै सामाजिक सञ्जालमा उनको प्रशंसा हुनुका साथै हौसला वढाउने काम भईरहेको छ । 

b

b
जेठ ३ गते अत्तरियाका पुरुषको कोरोनाले मृत्यु भएपछि तेघरी व्यारेकबाट नेपाली सेनाको टोली जेठ ४ गते विहानै सेती अञ्चल अस्पताल पुगिसकेको थियो । तर सेनलाई शव व्यवस्थापनका लागि मोहना आर्यघाटसम्म लैजान समस्या थियो । सेनाले विभिन्न ठाउँहरुमा भने तर कोही पनि तयार भएनन् । कुनै विकल्प् नपाएपछि सेनाले नेपाल रेडक्रस सोसाईटी कैलालीसँग गुहार मागे । रेडक्रससँग एम्बुलेन्स र शव वाहन थियो । चालक पनि दुई जना थिए । एक जना चालक वाहिर भएका वेला अर्का चालक अत्तरियाकै लालपुरमा मोटरसाईकल र जीप एक आपसमा ठोक्किदा भएको दुर्घटनामा गएको थियो । लालपुरमा निजि विद्यालय चलाउँदै आएका मोटरसाईल चालकको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा मृत्यु भएकाको शव लिन गएका थिए रेडक्रसकै ओझा ।

b

रेडक्रसबाट फोन आएपछि उनी दुर्घटनाका मृतकलाई वोकेर सेती प्रादेशिक अस्पताल हानिए । अस्पतालको शव गृहमा पुग्दा सेना सहित तीनै तहको सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । दुर्घटनामा मृत्यु भएकालाई हव गृहमा पोष्र्टमाटमका लागि शव गृहमा राखिये । शब गृहमा पुग्दा त्यहाँ कोरोनाक कारण मृत्यु भएका पुरुषका आफन्त र शुभचिन्तकहरुको भिड लागेको थियो । उनलाई विहान ८ बजे नै फोन आएको थियो । तर दुर्घटनामा मृत्यु भएकालाई लिन गएका कारण उनी आउँदासम्म १२ बजि सकेको थियो । उनी पुग्दासम्म सवैले शव उठाउने प्रयास पनि गरेका थिएनन् । सेनाहरु उनको पर्खाईमा रहेका थिए । एम्बुलेन्स चालक शव गृहमा पुग्दासम्म शब पहिलै ‘क्याडाभर पाउच’ अर्थात् बडी ब्यागमा प्याक गरि सकिएको थियो । उनी पुगेपछि सेनासँगै शवलाई गाडीमा राख्न अग्रसर भए । डेढ दशकदेखि उनी एम्बुलेन्स चलाउँदा उनले हजारौं विरामी वोकिसकेका थिए, सयौं शवहरु पनि वोकिसकेका थिए । तर कोरोनाले मृत्यु भएका कोही पनि विरामी वा शव वोकेका थिएनन् । सुरुमा उनी हिच्चिए तर पनि पछि सोचे यति लामो समयसम्म विरामीहरुको सेवा गरे । मृतकका परिवारलाई शव अन्त्यष्टीमा सहयोग गरे । कस्तो कस्तो मनमा लागिरहेकै वेला अन्तिम निर्णयमा पुगे यत्रो बर्ष सेवा गरे । अहिलेको यस्तो आपतकालीन अवस्थामा नाई गर्दैन कसरी भन्ने ।

b

त्यसपछि सेनासँगै लागेर कोरोनाले मृत्यु भएका पुरुषको शवलाई शव वाहनमा राखियो । गाडी रफ्तारमा मोहना आर्यघाटमा पुग्यो । सेनाको लस्करको गाडी, सबैको आँखामा डर, कामेका हातले बाँकी जिम्मेवारी पूरा गर्न बल दिइरहेको थिएन । तर शवको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी भएकाले देवीलाल ओझा  विचलित भएनन् । शवलाई गाड्नुपर्ने थियो । त्यहाँ पनि सेनासँगै अग्रसर भए उनी । छेउमा झोक्राएर मृतकका आफन्त र छोराछोरीहरु थिए । मनले आँसु थामिरहेको भान हुन्थ्यो । मृतकका आफन्तहरुको मानसपटलमा मृतक वसचालक पुरुष नै घुमिरहेको भान हुन्थ्यो । उनीहरुले न अन्तिम समयमा शवलाई अंगालो मारेर रुन सके । बस्, शव व्यवस्थापनसम्म टुलुटुल हेरि मात्र रहे । नियति यस्तै रहेछ । 

2
शव बोकेको गाडी चलाउँदै मोहना आर्यघाटबाट नेपाल रेडक्रस सोसाईटी कैलालीको व्यवसायिक भवन माथि रहेको गेष्ट हाउसमा पुगेका उनी १० दिनदेखि आइसोलेसनमा छन् । चार दिन अझै त्यही विताउनेछन् ओझा । त्यसपछि उनी घर जाने योजनामा रहेका छन् । यो अवधिमा उनले कसैलाई भेटेका पनि छैनन्, गेष्ट हाउसको एक कोठामा एकान्त वासमै वसेका छन् । क्वारेन्टिन अवधि सकिएपछि उनी पहिला झै विरामीहरुको उद्धारमा सक्रिय हुनेछन् भने कोरोना संक्रमितको उद्धार र व्यवस्थापनमा पनि पछि हट्ने छैनन् । आइसोलेसनमा रहँदा उनको कोरोना परिक्षण हुदैछ । अहिलेसम्म केही पनि समस्या भएको छैन् । पहिले जस्तो थिए उस्तै छन् उनी ।

1
सुदुरपश्चिममा कोरोना कारण हालसम्म ६ जनाको मृत्यु भएको छ । त्यसमा कैलालीका तीन जना र वाजुरामा दुई जनाको मृत्यु भएको छ । वाजुरामा सेनाले आफै शव व्यवस्थापन गरेको हो भने कैलालीकी एक महिलाको वाकेंमा शव व्यवस्थापन गरिएको थियो । कोरोनाबाट मृत्यु भएकी धनगढीकी महिलाको परिवार र आफन्तले अन्त्ष्टी गरिसकेका थिए । अन्त्यष्टीपछि मात्रै कोरोना पुष्टि भएको थियो । शनिवार मात्रै चितवनमा कैलालीका अर्का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । सुदुरपश्चिममा मृत्यु अघि कोरोना पुष्टि भएका अत्तरिया ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिएकोमा देविलाल अगाडी सरेका हुन् । यो प्रतिकुल घडीमा विभिन्न वहाना बनाएर शव बोक्न नमानेको थाहा पाएपछि आफु अघि सरेको देविलालले बताए । कोभिड १९ बाट  मृत्यु भएका पुरुषको व्यवस्थापनमा रेडक्रस सोसाईटी कैलालीमा कार्यरत एम्बुलेन्स चालक देविलाल ओझाले जुन साहस देखाए उनको त्यो साहसलाई सबैले सलाम गरेका छन् ।

b