सुदूरको स्वास्थ्य क्षेत्रमा जमिरहेका जनक
2020/06/27, 3:42
 
janak joshi

सीताराम ओझा- २०६० सालतिर धनगढी २ सन्तोषी टोलका जनक जोशीलाई नेपाल परिवार नियोजन संघको स्थायी जागीर छोड्दा उनलाई बौलायो भन्नेको कुनै कमि थिएन् । जागीर पाउन मुस्किल भईरहेका वेला पाएको र १६ बर्षसम्म गरिरहेको जागीरको माया मार्दा उनलाई भन्दा समाज आफन्त छरछिमेकीहरुलाई वढी चिन्ता र चासोको विषय वनेको थियो । नेपाल परिवार नियोजन संघमा क्षेत्रीय तालिम केन्द्रको प्रमुख भएर वढुवा हुने तयारीमै रहेका वेला भविष्यको वारेमा केही नसोचेर जीन्दगीको यात्रामा सफल हुने हो की ? भविष्य नै अन्धकार हुने हो ? दुविधैमै थिए जनक जोशी तर उनलाई पुरा विश्वास थियो की अवको नयाँ बाटोमा सफल भईन्छ । सुदुरपश्चिमै सफल र व्यवस्थापनमा कुशल मानिने गोपाल हमालको साथ थियो । 

b

हमालसँगैको भेटले उनमा केही गर्ने उर्जा थपिएको थियो । जागीरको दौडधुपले अरुका लागि यति धेरै मेहनत गनुभन्दा पनि आफ्नै काम गर्न पाए हुन्थ्यो की भन्ने सोचमै थिए उनी । त्यही सोचलाई सार्थकतामा बदल्नका लागि गोपाल हमालको कुराले थप उर्जा थप्यो । अनि उनै हमालको साझेदारका रुपमा नयाँ क्षेत्रमा पाईला चाल्न हाम फाले जनकले । त्यहीवाट सुरुवात भयो दिनेश फार्मेसी । दिनेश ग्रुपले सुदुरपश्चिम क्षेत्रमा विभिन्न व्यवसाय गर्दै आएकोमा जनकलाई साझेदार बनाएर गोपाल हमालले दिनेश ग्रुपलाई स्वास्थ्य तर्फको व्यवसायमा अग्रसर बनाए । 

२०५९ चैत १२ गते थालेको दिनेश फार्मेसी उद्घाटन गर्दा पहिलो दिन एक रुपैयाँको पनि कारोवार भएन् । त्यो रातभरी उनलाई निद्रा नै परेन् । म जे गर्छु राम्रो गरेरै छोड्छु भन्ने जुनुन सवार थियो उनमा । त्यही जुनुनलाई यर्थाथतमा वदल्न दिन रात मेहनत र कडा परिश्रम गरे । नभन्दै तीन महिनामा नतिजा उनले सोचेको भन्दा पनि फरक आयो । दिनेश फार्मेसीले ती महिनामै दश वाह् लाख आम्दानी गर्न सफल भयो । उनले फार्मेसी सुरु गर्नुअघि कैलाली जिल्लाका मेडिकलहरु औषधी पसलहरुको सम्भाव्यता अध्ययन गरिसकेका थिए । त्यो समय पुराना औषधी व्यवसायीहरुको एकछत्र राज भएका वेला यो क्षेत्रमा जम्न उनलाई फलामको चिउरा चपाउनु सरह थियो । सुरुवातका दिनमा औषधी कम्पनीको डिलर लिन उनलाई निकै पापड पेल्नु पर्यो । धेरै औषधी कम्पनीहरुका ढोका ढकढकाए तर कसैले पत्याएनन् । 

भएको जागीर छोडेपछि सुरु गरेको औषधी व्यवसायीलाई जसरी पनि सफल गर्ने उनको लक्ष्य र सपना थियो । किनकी यसमा डुबियो भने आफु मात्रै होईन घर परिवार छोरा छोरी सवैको भविष्य अन्धकार हुने भय र डरले उनको मनमा डेरा जमाई सकेको थियोे । व्यापार गर्दै गए सिक्दै गए र वुझ्दै गएपछि उनले नयाँ जुक्ती निकाले । उनले पत्ता लगाएकी कम्पनीले औषधी पसललाई दिने मुनाफा डिलरहरु आफैंले खाईरहेका छन् हामी नखाएर औषधी दिउ । नभन्दै उनले एकछत्र राज भएका डिलरहरुले दिनेभन्दा वढी मुनाहा विक्रेताहरुलाई दिन थाले । नभन्दै त्यही जुक्ती उनलाई फाप्यो । एक बर्षमै उनले एक सय ६२ औषधी कम्पनीको डिलर पाए । सुरुमा जस्को डिलर लिन उनले ढोका ढकढकाएका थिए त्यीनै औषधी कम्पनीहरु जनकराज जोशी र दिनेश फार्मेसीको दैलोमा धाउन थाले । ढोका ढकढकाउन थाले । फार्मेसीबाट सुरु भएको व्यवसायले युटर्न मारेपछि उनलाई लाग्यो विगत जे भएपनि वर्तमान र भविष्य यसै क्षेत्रमा छ । त्यही कारण उनले मेडिकल हुदैं आज सुविधा सम्पन्न अस्पतालसम्म सञ्चालनमा ल्याईसकेका छन् । कैलाली अस्पताल स्वास्थ्य सेवा प्रदान गर्ने उत्कृष्ट अस्पतालकै सुचीमा गनिन्छ । 

b

धर्मकर्म र पुजा पाठ गर्ने ब्राह्मण घरका छोरा जनकराज जोशीलाई वाल्यकालदेखि नै व्यापारको भुत सवार भईसकेको थियो । २०३८ सालतिर हो उनी कक्षा ८ मा पढ्थे । सँगै कक्षा ८ सम्मैका लाई टियुसन पढाउँथे पनि । विलक्ष्मण क्षमता भएका उनले आसपासका सहकर्मी र छिमेकीका छोराछोरीलाई कक्षा १ देखि ८ सम्मका लागि ट्यिुशन पढाए वापत १० देखि ८० रुपैयाँ पाउँथे । तर त्यसमा कतिले दिन्थे कतिले दिन्थेनन् त्यसको कुनै लेखाजोखा नै हुन्थेन् । त्यही वेला उनले भारतको पलिया जाने अवसर पाए । एक जना सरकारी कर्मचारी हर्कवहादुर वोहोराले उनलाई पलिया जाऔं भने उनले पनि हौसिदै हुन्छ भनि दिए । पलिया गए । सिनेमा पनि हेरौ भन्ने भएपछि उनले हिन्दी फिल्म हेरे पहेचान । मनोज कुमारको अभिनय रहेको त्यो फिल्म उनको पालाको चर्चित फिल्म भित्रै पर्छ । पलिाबाट फर्किने वेला बाटोमा गाडी विग्रीयो । अर्को गाडी मगाएर उनीहरु बल्ल बल्ल धनगढी आए । खरिदार पदमा काम गर्ने वोहाराले उनलाई एक सय ५० रुपैयाँको ट्याकसुट किनि दिए । नगद ७० रुपैयाँ पनि दिए । त्यो पैसाले उनलाई के गरौं के गरौं भयो । गौरीफन्टा गएर टफी पिपिलमेट किनेर ल्याए । घरमै त्यसको पसल जस्तो बनाएर बेँच्न थाले । दिउँसो स्कुल जाने साँझ विहान ट्युसन पढाउने जनकको कृयाकलाप डोटीको उडितोलाबाट धनगढी झरेका उनका वुबा रामचन्द्र जोशीलाई मन परेको थिएन् । तर पनि पसल ट्युसन पढाउने र पढाई सँगसँगै लगे । उनीसँग त्यो वेला चौध सय पर्ने रिलवाला यासिका क्यामेरा थियो । नागरिकता बनाउनका लागि फोटो खिच्नुपर्ने माग धेरै थियो । उनले क्यामेराबाट नागरिकताको लागि फोटो खिच्ने काम पनि गरे । त्यसबाट २५ हजार कमाए । तर एसएलसी दिएपछि उनले पसल पनि छोडे । फोटो खिच्ने र ट्युनश पढाउने कामलाई पटक्कै छोडि दिए । केही बर्ष पढाईमै लागेका उनले स्नातक पढ्ने वेलामा नेपाल परिवार नियोजन संघमा जागीर खाए । जागीरसँगै पढाईलाई पनि अगाडी वढाईरहेका उनले स्नाकोत्तर पनि पुरा गरे । 

b
परिवार नियोजन संघमा २०४५ सालदेखि सुरु गरेको जागीर नछोडको भए आरमले वस्थे होलान् उनी । पेन्सनको रकमले घर परिवारको छाक टार्थे होलान् । तर ५३ बर्षको उमेरमा पनि उनको जोस कुनै युवाभन्दा कम छैन् । फार्मेसीपछि थपिएको रोशन मेडिकल हल हुदैं ७ बर्ष अघि स्थापना गरिएको कैलाली अस्पतालबाट विरामीहरुलाई सेवा दिन निरन्तर रुपमा साँझ विहान दिउँसो उनी आफै खटिरहेका छन् । फार्मेसीबाट मेडिकल हुदैं अस्पताल खोल्नुको कथा पनि पनि अर्कै छ उनीसँग । 

b

फार्मेसी सुरु गरेको केही बर्षपछि धनगढीमा सुविधा सम्पन्न अस्पताल थिएन् । अहिले मेडिकल हवको रुपमा धनगढीको विकास भए पनि दश बाह् बर्ष अघि स्थिति अर्कै थियो । सानो तिनो उपचारका लागि कि त भारत जानुपर्ने कि त देशका अन्य ठाउँ जानुपर्ने बाध्यतालाई नजिकबाट नियालेका थिए जनकले । उपचार खर्चभन्दा पनि उपचारका लागि जाने आउने खर्च धेरै बढी लाग्ने गथ्र्यो । त्यही कुराले उनको मन कटक्क खाई रहन्थ्यो । सुविधा सम्पन्न अस्पताल खोल्नका लागि उनले धनगढीका केही नाम चलेका डाक्टर र व्यवसायीसँग सल्लाह गरे । तर कुनै डाक्टर र व्यापारी लगानी गर्नका लागि तयार भएनन् । उनको अस्पताल खोल्ने सपनामा साथ दिए डाक्टर विधान निधि पौडेलले । त्यो वेलादेखि आजसम्म उनकै साथमा छन् डाक्टर पौडेल । 

b

ठुलो लगानी गर्न कोही अगाडी नसरेपछि उनी आफैले रोशन मेडिकल हल सुरु गरे २०६७ सालतिर । परिवारमा डाक्टर भएपछि अस्पताल खोल्ने परिपाटी भएकै कारण उनले आफ्ना दुवै जना छोरा छोरीलाई डाक्टरी नै पढाए । उनका छोरा विवेक जोशी र प्रज्ञा जोशीले एमवीवीएस पुरा गरिसकेका छन् । केही बर्षको मेडिकलको अनुभवले उनले कैलाली अस्पताल खोले २०७१ सालतिर । मेडिकलमा विरामीहरुको सेवा गर्दा गर्दै उनले सवै कुरा वुझे । २५ वेडबाट सुरु गरिएको कैलाली अस्पतालमा अव आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने तयारीमा रहेको छ । धनगढी उपमहानगरपािलका १ पशुपतिटोलमा करिब १२ कट्ठा जमिनमा ५० कोठाको आफ्नैे भवन र अत्याधुनिक मेशिन सहित  २० करोडको लगानीमा अस्पताल निर्माणको अन्तिम चरणमा छ । आफ्नो भवनमा सरेपछि आईसियु, एनआईसियु, डाईलासिस र आमा सुरक्षा कार्यक्रम थप गर्ने योजना जोशीको छ । 

k

हाल कैलाली अस्पतालले अर्थोपेडिक हाडजोर्नी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, नवजात शिशु तथा वालरोग, मानसिक रोग, स्त्री तथा प्रसुती, छाला तथा यौनरोग, नाक कान घाँटी, चौबिसै घण्टा ईमरजेन्सी सेवा, प्याथोलोजी, रेडियोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे लगायतका सेवाहरु दिदैं आएको छ । अस्पतालबाट भईरहेको कमाईलाई उनले समाजमा लगानी गरिरहेका छन् । यही समाजबाट कमाएको पैसा समाजकै लागि लाउनुपर्छ भन्ने सोचका साथ उनले आमाको माया छात्रा, मानव सेवा आश्रम, दृष्टि फाउण्डेसनलाई मासिक रुपमा विशेषज्ञ डाक्टरबाट निशुल्क सेवा दिर्दै आएका छन् । औषधीको पनि पैसा लिदैनन् । अस्पतालमा आउने सकै जनालाई पनि उपचार गरेर घर पठाउँछन् । पैसा नभएकालाई पनि सेवा गर्नु धर्म ठान्छन् उनी । केही वालवालिकाहरुलाई आफ्नो तर्फबाट उच्च शिक्षासम्म पढाउने सोचमा छन उनी । सामाजिक काममा मात्रै होईन उनी खेलकुद क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । धनगढी प्रिमियर लिगको पहिलो सिजनको रुपमा सुरु भएको धनगढी क्रिकेट लिगको पहिला संस्करणको उनी मालिक रहेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले अघिल्लो बर्षको पुसमा आयोजनामा प्रथम सुदुरपश्चिम स्पोर्टस अवार्डलाई पनि मुख्य प्रायोजना गरी साथ दिएका थिए । त्यसैगरी देशकै सर्वाधिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकपलाई पनि सुरुदेखि सहयोग गर्दै आएका छन् । 

b

कर्मचारीबाट व्यापारी बनेका जनकराज जोशीले विभिन्न संघ संस्था हाकेका छन् भने धेरैमा आबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिमको सदस्य, निजि अस्पताल संघको सुदुरपश्चिम अध्यक्ष, नेपाल परिवार नियोजन संघ कैलालीको वर्तमान कार्य समिति सदस्य र निर्वाचित केन्द्रीय पार्षद पनि रहेका छन् । उनी स्वयम आफैं पनि लेखापरीक्षक हुन् भने  नेपाल चाटर्ड एकाउन्टेन्ट एसोसियसनको पनि सदस्य रहेका छन् । उनी औषधी व्यवसायी संघ कैलालीको संस्थापक अध्यक्ष, लाईन्स क्लब ईन्टरनेशनल डी ३२५ वी टुको सिनियर डिष्ट्रीक एडभाईजर भएर काम गरिसकेका छन् । नेपाल रेडक्रस सोसाईटी, नेपाल परिवार नियोजन संघ, नेपाल भारत मैत्री संघको आजीवन सदस्य पनि छन् । बुबा रामचन्द्र र आमा शारदालाई सवैभन्दा वढी मान्ने र उनीहरुलाई भगवान मान्ने जोशीको सफलतामा उनकी अर्धागिनी रोहिणीको पनि उत्तिक्कै साथ छ । रोहिणी विगत ३० बर्षदेखि सरकारी विद्यालयमा शिक्षण गराउँदै आएकी छिन् ।  

b

अस्पतालसँगै दिनेश फार्मेसी, रोहिणी फार्मेसी एस.आर. फार्मेसी एडभान्स फिजियोथेरापी पनि चलाईरहेका छन् । जहाँ उनले एक सयभन्दा वढीलाई रोजगार दिएका छन् । विभिन्न स्वास्थ्यका व्यवसायमा पनि उनको शेयर रहेको छ । स्वास्थ्य क्षेत्रको व्यवसायसँगै उनले विश्वका धेरै देशहरु प्नि घुमिसकेका छन् । थाईल्याण्ड, वंगलादेश, कम्बोडिया, अमेरिका, रुस, भियनाम, मलेसिया, सिंगापुर, चीन, भारत, ईन्डोनेसिया, फ्रान्स, जर्मनी, ईटली, स्वीजरल्याण्ड, नेदरल्यान्ड लगायत युरोपका १२ देशहरु घुमिसकेका छन् उनले ।उच्च शिक्षा लिएर जागिरे मानसिकता भएका र वोकेकालाई आफ्नै व्यवसाय गर्नुपर्छ भनी हौसला दिने र सहयोग गर्ने स्वभावका उनमा ५३ बर्षे उमेरमा पनि कुनै युवाभन्दा कम जोस छैन । जीवनको उत्तरार्धमा पनि उनको मेहनत र परिश्रम सबैका लागि प्ररेणा बन्न सक्छ । उनीबाट धेरैले पाठ सिक्न सक्छन् । 

b